लिङ्देनको वडामा राप्रपा प्यानलै विजयी, हल्दिबारीमा पनि अग्रता

लोकपथ
532
Shares

झापा । जिल्लाको हल्दिबारी वडा नं -१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले जित हासिल गरेका छन् ।

हल्दिबारी १ पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको वडा भएकाले चासोको रुपमा हेरिएको थियो ।

लिङ्देनको वडाको अध्यक्षमा देवी बहादुर थापासहित सदस्यहरुमा प्यानलनै विजयी भएका हुन् । निर्वाचनको प्रचारप्रसारका लागि झापामा नै रहेका लिङ्देन आफ्नो वडामा पार्टी विजयी भएसँगै विजय र्‍यालीमा सहभागि भएका छन् ।

त्यसैगरी हल्दिबारी गाउँपालिकामा समेत अध्यक्ष पदका उम्मेदवार रवीन्द्र लिङ्देनले अग्रता कायमै राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?