काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा सत्रारुढ गठबन्धनले धाँधली गरेको भन्दै आपत्ति जनाएको छ ।
एमलोले आइतबार विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनले निर्वाचनमा तीन चरणमा धाँधली गरेको भन्दै जारी मतगणनाप्रति असन्तुष्टि जनाएको हो ।
मत गणना गर्दा सत्ता गठबन्धनलाई फाइदा पुुग्ने गरी उम्मेदवार भएको र नभएको दुई निर्वाचन चिन्हमा मतदान गरेकोमा सो मतपत्रको सम्बन्धित मत बदर हुनुपर्नेमा सदर गर्ने कार्य गरिएको एमालेको भनाइ छ ।
मतगणना स्थलमा कानुनविपरीत सत्ता गठबन्धन पक्षधर उम्मेदवारको मतलाई सदर गर्ने र नेकपा (एमाले) पक्षधर उम्मेदवारको मत बदर गर्ने गरी फरक–फरक मानक बनाई पक्षपातपूर्ण व्यवहार गरेको एमालेको आरोप रहेको छ । सोको प्रतिवाद गरी पुनः मतगणनाको निवेदन दिँदा लिन अस्वीकार गरेको भन्दै एमालेले लमजुुङको मध्यनेपाल नगरपालिकाको मतगणना स्थलबाट मतगणना प्रतिनिधिलाई हटाई एकलौटी मतगणना गर्ने काम भएको समेत आरोप लगाएको छ ।
‘हामी मतगणना शीघ्र सम्पन्न गर्न र मतगणनाको क्रममा हुने धाँधली र अनियमितता नियन्त्रण गर्न निर्वाचन आयोगसमक्ष माग गर्दछौं ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी मतगणनाको क्रममा काठमाडौंको चन्द्रागिरी वडा नं. ३ र ४ लगायतका स्थानमा खसेको मतभन्दा बढी मत बाकसमा देखिएपछि पुनः मतदानको माग गर्दा अस्वीकार गरी निरन्तर मतगणना जारी राखेको महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया