जुम्लाको कनकासुन्दरी–८ मा स्वतन्त्र उम्मेदवार विजयी

लोकपथ
203
Shares

जुम्ला । कनकासुन्दरी गाउँपालिका–८ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानल नै विजयी भएको हो । उनीहरूले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिएका थिए ।

धनबहादुरले दुई सय ८८ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका कप्तानबहादुर शाही दुई सय २० मत ल्याएर पराजित भएका छन् । वडा सदस्यमा गोल दमाई र कर्ण जीत सार्कीले जितेका हुन् । महिला सदस्यमा कांग्रेसकी रामुदेवी काफ्ले विजयी भएकी छिन् ।

दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजय भएकी छन् । कनकासुन्दरी-८ मा वडाध्यक्षसहित चार जना स्वतन्त्र उम्मेदवार जितेका छन् ।
एक जना महिला सदस्य मात्र कांग्रेसबाट विजय भएको निर्वाचन अधिकृतको कार्यालय कनकासुन्दरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?