बेलकोटगढी निर्वाचन अपडेट : मेयरमा गठबन्धनका उम्मेदवार लामाको अग्रता कायमै

लोकपथ
5.6k
Shares

नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिकाको मेयरमा गठबन्धन (माओवादी केन्द्र) का उम्मेदवार जगतबहादुर लामाले अग्रता कायम राखेका छन् ।

केहीबेर अघि प्राप्त नतिजा अनुसार विभिन्न ३ वडाको मत गणना गर्दा लामाले १ हजार ८६ मत प्राप्त गरेका छन् ।

यता उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार राजेन्द्ररमण खनालले ६७५ मत प्राप्त गरेका छन् ।

यता उपमेयरमा भने गठबन्धन (कांग्रेस) का उम्मेदवार भन्दा नेकपा नेकपा एमालेका उम्मेदवारको अग्रता कायम गरेका छन् ।
गठबन्धनबाट उपमेयरको उम्मेदवार शिव दाहालले ७४० मत प्राप्त गर्दा एमालेकी उम्मेदवार रुपा सापकोटाले भने ८९५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरको उम्मेदवारले ३४७ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?