यस्तो रहनेछ भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण

लोकपथ
721
Shares

काठमाडौं । सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउँदै छन् ।

जेठ दुई गते बुद्ध जयन्तीको अवसरमा मोदी नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने छन् ।

भारतीय प्रधामन्त्री मोदी भारतीय वायु सेनाको हेलिकोप्टरबाट १०:४० बजे लुम्बिनी आउने छन् । त्यस्तै ११ बजे मायादेवी मन्दिरको दर्शन गर्ने, ११:३० बजे भूमि पूजामा सहभागी हुने, १२:२० परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्ने, १२:३० मा प्रधानमन्त्री देउवासँग भेट्ने, १२:४५ मा नेपालको प्रतिनिधिमण्डलसँग घेटघाट गर्ने, १:३० मा प्रधामन्त्री देउवाद्वारा आयोजित लञ्चमा सहभागी हुने, २ बजे विशेष व्यक्तित्वहरुसँग भेटघाट गर्ने, ३:३० बजे बुद्ध जयन्ती सेलिब्रेशनमा सहभागी बन्ने र साँझ ५ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?