काठमाडौं मतगणना अपडेट : स्थापित भन्दा बालेन ११६ मतले अगाडी

लोकपथ
1.2k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा जारी मतगणना अनुसार स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन साहले अग्रता कायमै राखेका छन् ।

केहीबेरअघि आएको नतिजा अनुसार बालेन उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ११६ मतले अगाडी रहेका छन् । बालेनले ७३६ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६२० मत प्राप्त गरेका छन् । त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी सिर्जना सिंहले ४२६ मत ल्याउँदै तेस्रो स्थानमा रहेकी छिन् ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ६८, सुमन सायमीले स्वतन्त्रबाट ७२ मत ल्याएका छन् ।

यता उपमेयरमा भने सुरु देखि नै ठूलो अन्तर देखिएको छ । उपमेयरमा गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठ र सुनिता डंगोलको मतान्तर ४७६ रहेको छ । डंगोलले ६०२ मत ल्याउँदा श्रेष्ठले जम्मा १२६ मत प्राप्त गरेका छन् । त्यसैगरी विवेकशील साझाकी उम्मेदवार कृति कंसाकारले ३५ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार बिनिता मगैयाले १२६ मत प्राप्त गरेकी छिन् ।

हाल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?