काठमाडौँँ । प्रदेश २ सरकारले वीरगञ्जमा यातायात कार्यालय सञ्चालनमा ल्याएको हो ।
वीरगञ्जमा रहेको यातायात व्यवस्था कार्यालय सवारी तथा सवारी चालक अनुमति पत्रको कार्यालय प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयमा मातहतमा आएको हो ।
कार्यालयको प्रदेश नं २ का भौतिक पूर्वाधार तथा यातायात विकासमन्त्री जितेन्द्र सोनलले शुक्रबार विहान उद्घाटन गरेका हुन ।
कार्यालयबाट उठ्ने ३ सय करोड राजश्व प्रदेशको हुने र त्यसलाई प्रदेशको विकासमा प्रयोग गरिने मन्त्री सोनलले बताए ।
‘प्रदेश सकारका धेरै मन्त्रालयको बजेट त्यति छैन । तर, वीरगञ्जको यातायात व्यवस्था कार्यालयबाट साढे ३ सय करोड रुपैयाँ राजश्व उठ्ने गरेको छ । त्यो केन्द्र सरकारको खातामा जान्छ ’ मन्त्री सोनलले भने, ‘श्रावण १ गतेदेखि प्रदेश सरकार मातहतका कार्यालयहरुले उठाएको राजश्व प्रदेश सकारको खातामा जान्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया