भानुभक्त ढकाल कानून मन्त्री

काठमाडौं: कानुन मन्त्रीमा भानुभक्त ढकाल नियुक्त हुने भएका छन्। 
विवादित अभिव्यक्तिका कारण शेरबहादुर तामाङले राजीनामा दिएपछि कानुन मन्त्रीको पद खाली रहेको थियो । 

वर्तमान सरकार गठन भई दोस्रो चरणको विस्तारका क्रममा मन्त्रीको सूचीमा भानुभक्त ढकाल चर्चित नाम हो। यसअघि तत्कालीन एमालेलको संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरेका ढकालको अध्ययन पनि कानुन पनि  हो। 

ढकालको नाम यसअघि सञ्चारमन्त्रीमा चर्चा गरिए पनि प्रदेश १ बाट लालबाबु पण्डित मन्त्री भइसकेको भन्दै पन्छाइएको थियो। 

मोरङ ३ बाट निर्वाचित ढकाल पार्टीमा संस्थापन पक्ष निकट छन्। 

त्यसैगरी राज्यमन्त्री थप हुने भएको छ। संघीय समाजवादी फोरमका डा। सुरेन्द्र यादवलाई राज्यमन्त्री बनाउने स्रोतको दाबी छ । 

मन्त्री तथा राज्यमन्त्रीको शपथ ग्रहण  साढे ४ बजे तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?