शुरु भयो संसदीय समितिको बैठक, जोशीको भाग्य फैसला हुँदै

काठमाडौं: संवैधानिक समितिको बैठक  सिंहदरबारमा सुरु भएको छ । बैठकमा अन्योल बन्दै गएको प्रधानन्यायाधीशको नियुक्तिका सम्बन्धमा छलफल हुनेछ । 
 

सत्तारुढ दल र प्रतिपक्षी दलका बीचमा सहमति जुट्न नसक्नदा उनको सुनुवाई अनुमोदन गर्ने या नगर्ने भन्नेमा अन्योल छ । 

अघिल्लो बिहीबार संसदीय सुनुवाई सकिएपनि जोशीका विषयमा विभिन्न विवाद रहेकाले थप छलफल आवश्यकता भएको भन्दे निर्णय हुन सकेको छैन ।

गत शुक्रबार, आइतबार र सोमबार समितिको बैठक स्थगित भएको थियो । तर, पछिल्ला बैठकहरुमा सत्तारुढ र प्रतिपक्ष दुबै दलका सांसद्हरुले पार्टीभित्र आन्तरिक परामर्शका लागि बैठक सारिएको बताउँदै आएका छन्।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जोशीको विपक्षमा उभिएको छ। भने, प्रतिपक्ष दल कांग्रेस जोशीको पक्षमा छ। 

प्रतावित प्रन्या दीपकराज जोशी प्रमाणपत्र लगायतकाविवादमा तानिएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?