१२५ थान मतदाता परिचय पत्र खोसेर भाग्ने निवर्तमान वडाध्यक्ष पक्राउ

लोकपथ
1.1k
Shares

दोलखा । दोलखाको तामाकोसी गाउँपालिकाको वडा नम्बर एकबाट मतदाता परिचय पत्र खोसेको आरोपमा निवर्तमान जनप्रतिनिधि पक्राउ परेका छन् ।

सोही स्थानको वडा कार्यालय भवनस्थित मतदान स्थलमा मतदाता परिचयपत्र वितरण गरिएको स्थानमा सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट निवर्तमान वडाध्यक्ष महेश्वर काफ्लेले १२५ थान मतदाता परिचयपत्र खोसेर फरार भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी दिए । पछि उनलाई इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेर जिल्ला कार्यालयमा पेश गरेको छ । उनलाई निर्वाचन कसुरअन्तरगत कारबाही चलाउन प्रक्रिया अघि बढाइएको अर्यालले बताए ।

मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्ने उम्मेदवारलाई आयोगले सचेत गरायो निर्वाचन आयोगले मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्दै मत माग्ने उम्मेदवारमाथि कारबाही गरेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपलिका वडा नम्बर १० मा कांग्रेसको तर्फबाट उम्मेदवार रहेका अमृत खनालले मतदाताको खुट्टामा ढोगेर भोट मागेको फोटोसहितको समाचार प्रकाशित भएको विषयमा आयोगले स्पष्टीकरण सोधेको थियो । तर, उनको जवाफ चित्तबुझदो नभएको भन्दै आयोगले उनलाई सचेत गराउने निर्णय गरेको हो। ‘निजले पेश गरेको स्पष्टीकरण वस्तुगत आधारको नभइ चित्त बुझ्दो नभएको र निजले आचारसंहिता उलंघन गरेको ठहरेकाले निजलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २३ विपरित भए गरेको देखिएकाले अब आइन्दा निर्वाचन आचारसंहिता विपरितका कार्यहरु नगर्न नगराउन निर्देशन दिइ सचेत गराउने निर्णय भएको छ’, आयोगले भनेकोे छ ।

कांग्रेस मेलम्ची १० का वडाध्यक्षका उम्मेदवार अमृत खना स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा  आयोग निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आयोगका प्रवक्ता सूर्य प्रसाद अर्यालले बिहीबार पत्रकार सम्मेलनमार्फत निर्वाचनको सबै तयारी पुरा भएको जानकारी दिएका हुन् । निर्वाचन भयमुक्त र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन आयोगले गत मंगलबार रातिदेखि नै मौन अवधि लागु गरेको थियो ।

मौन अवधिमा आचारसंहिताको पालनाका लागि नियमित अनुगमन संयन्त्रले काम गरिरहेको उनले बताए । मौन अवधिमा भएका आचारसंहिता उलंघनका घटनामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जलाबाट समेत प्राप्त सूचनालाई आयोगले जानकारीमा लिएको बताए । उनका अनुसार अचारसंहितासँग सम्बन्धित विषयमा ६६ वटा स्पष्टीकरण, ९ वटा सचेत र १ वटा ध्यानाकर्षण निर्णय भएको छ ।

आचारसंहिताको उलंघन हुने गरी क्रियाकलाप गरेको भन्दै आयोगले एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्र बामगती प्रदेश सदस्य गंगा दाहाललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?