श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटना हुनबाट बच्यो

काठमाडौं – श्री एयरलाइन्सको ९ एन एलएफ कल साईनको  हेलिकोप्टर दुर्घटना हुनबाट जोगिएको छ । चितवनबाट बिरामी लिएर काठमाडौंको ग्राण्डी अस्पताल आउँदै गरेको हेलिकप्टरलाई मौसममा आएको खराबीसँगै  नुवाकोटको सीमा क्षेत्र ककनीमा  आकस्मिक अवतरण गराइएको छ ।

हेलिकोप्टर पाइलट प्रिया अधिकारीले उडाएकी थिइन् ।

महानगरीय प्रहरी बृत्त बालाजुका अनुसार हेलिकोप्टरमा सवार सबै सकुशल छन् । अहिले  हेलिकप्टर ल्याण्ड भएको स्थानमा  प्रहरी पुगिसकेको छ ।

यसैबीच चितवनका खगराज अधिकारीको स्वास्थ्य गम्भीर रहेकाले उनलाई एम्बुलेन्समा काठमाडौं ल्याइएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?