नेकपा बहुमत पार्टीका संयोजक धर्मेन्द्र रिहा

लोकपथ
175
Shares

काठमाडौं । नेकपा बहुमत पार्टीका संयोजक धर्मेन्द्र बाँस्तोला रिहा भएका छन् । चुनाव बिथोल्न खोजेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

दाङको भालुवाङबाट बाँस्तोलालाई आज बिहान प्रहरीले उनलाई पक्राउ गरेको थियो । सोधपुछ पछि उनलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

यसैबीच, नेकपा बहुमत पार्टीले स्थानीय तहको निर्वाचनमा विस्फोटनजन्य तथा सशस्त्र बहिस्कारको नीति नरहेको बताएको छ । पार्टीका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीले विज्ञप्ति जारी गर्दै प्रष्टिकरण दिएका हुन् ।

स्थानीय चुनावमा भाग नलिने नीति रहे पनि विस्फोटनजन्य तथा सशस्त्र बहिस्कारको नीति नरहेको वलीले दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?