बुटवलमा बुधबार राति नेकपा माओवादी दाबी गरिएको समूहले बम विस्फोट गराएको छ । घटनास्थलमा ‘नेकपा माओवादी’ नामको पर्चा फेला परेको हो ।
घटनास्थलमा ‘नेपाल बन्द सफल पारौ भन्ने नेकपा माओवादी केन्द्रीय प्रचार प्रसार विभाग’ लेखिएको जलेको अवस्थाको पर्चा फेला परेको प्रहरीले जनाएको छ ।
बुटवल उपमहानगरपालिका–९ स्थित मिलनचोकमा प्रेस कुकर बम विस्फोट हुँदा त्यहाँ रहेको बी११ नामक रेष्टुरेन्टको झ्यालको सिसा चर्केको छ भने सोही स्थानमा रहेको पश्चिमाञ्चल निर्माण सामाग्री केन्द्रको दुई वटा सटरमा तिन वटा प्वाल परेको प्रहरीले जनाएको छ ।
यद्यपि मानविय क्षति नभएको बताउँदै प्रहरीले घटनास्थलमा प्रहरी नायव उपरीक्षक ठग बहादुर केसी र मोहन खाणँको कमाण्डमा २५ जनाको टोली खटीएको प्रहरीले जनाएको छ । प्रहरीले विस्फोट गराउने समूहबाट अनुसन्धान भइरहेको जनाएको छट । मौन अवधिमा बम विस्फोट गराइएपछि त्रास उत्पन्न भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया