अाजदेखि साताव्यापी विश्व स्तनपान दिवश शुरू

काठमाडाैं : ‘स्तनपान : जीवनको आधार’ नारासहित अाजदेखि साताव्यापी विश्व स्तनपान दिवस शुरू भएको छ । शिशु जन्मेको कम्तिमा ६ महिनासम्म अामाले स्तनपान गराउनुपर्ने सन्देशसहित सप्ताहव्यापी रूपमा स्तनपान दिवस शुरू भएको हो ।

अमृत समान मानिने अामाको दुधलेउ बच्चालार्इ विभिन्न रोगहरूसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने र अामाको दुध नै बच्चाका लागि पहिलो रोगप्रतिरोधात्मक खोप रहेको विश्वका विभिन्न स्वास्थ्य संगठनहरू र मातृशिशु स्वास्थ्यका क्षेत्रमा काम गरिरहेका चिकित्सकहरूले बताएका छन् । 

धेरै देशहरूमा स्तनपानको अवस्था सन्तोषजनक नरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । बच्चा जन्मेपछि अाउने पहिलो दुधलार्इ मिल्काउने गर्दा रोगनाशक तत्वहरू गुम्ने गर्छ । 

बच्चालार्इ अामाको दुध खुवाउँदा अामामा अस्थायी गर्भनिरोधको अवधि बढेर जाने, बाल्यकालमा अामाको दुध प्रशस्त खान पाएका बालबालिकामा मधुमेहको सम्भावना निकै न्यून रहने तथा बृद्दि विकासमा समेत सहयोग पुग्छ  

मातृशिशु चिकित्सकहरूले बालबालिकाको स्वास्थ्यका लागि कम्तिमा ६ देखि ८ महिनासम्म अामाको दुध खुवाउन अति अावश्यक भएको बताउने गरेक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?