दाङ । जिल्लाको तुल्सीपुर उमहानगरपालिका वडा नं १७ को निर्वाचनको मिति सारिएको छ ।
वैशाख ३० गतेका लागि देशभर निर्वाचन गर्ने भनिए पनि तुल्सीपुर उपमहानगर-१७ मा वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि निर्वाचन जेठ ३ गतेका लागि सारिएको हो ।
तुल्सीपुर(१७ मा एमालेबाट वडाध्यक्षमा लबरु चौधरीको मृत्यु भएको हो । उनको उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो ।
त्यसैगरी तुल्सीपुर-१७ का मतदाताहरुले मेयर, उपमेयरलाई समेत जेठ ३ गते नै मतदान गर्नेछन् ।
त्यसैगरी जेठ ३ गते वडा नं-१७ को मतदान सकिएपछि मात्रै तुल्सीपुर उपमहानगरको मतगणना गरिने बताइएको छ ।
सरकारले आगामी वैशाख ३० गते शुक्रबार देशभर एकसाथ स्थानीय निर्वाचनको मिति तोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया