शवलाई पूजा गर्न बाध्य पार्ने तान्त्रिक पक्राउ

लोकपथ
196
Shares

काठमाडौं । थाइल्याण्डमा अनुयायीलाई आफ्नो फोहर खान र शवलाई पूजा गर्न बाध्य पार्ने एक तान्त्रिक पक्राउ परेका छन् । थावी नानरा नाम गरेका व्यक्ति थाइल्याण्डको छैयाफुम प्रान्तको जंगलमा बस्दै आएका थिए । जंगलभित्र रहेको उनको शिविरमा प्रहरीले छापा मारेको थियो ।

आफ्नी आमालाई फर्कन अनुमति नदिएपछि एउटी महिलाले तान्त्रिकका कर्तुतबारे जानकारी दिएकी थीइन्।

७५ वर्षीय नानरालाई पक्राउ गरेपछि उनका अनुयायीहरू र प्रहरीबीच झडप भएको थियो । शिविरमा कम्तीमा ११ ओटा शवहरू फेला परेका थिए ।

उनले सञ्चालन गरेको शिविर शहरदेखि टाढाको गाउँमा भएकाले लामो समयसम्म प्रहरीले त्यसबारे सूचना नपाएको प्राप्त विवरणहरूमा जनाइएको छ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?