हेटौंडाकाे मेयरमा नेकपा समाजवादीले मिना कुमारी लामालाई समर्थन गर्ने

लोकपथ
2k
Shares

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी मिना कुमारी लामालाई नेकपा (समाजवादी) पार्टीले समर्थन गरेको छ ।

पार्टीको मंगलबार साँझ बसेको बैठकले लामालाई समर्थन गर्ने निर्णय गरेको जिल्ला इन्चार्ज केदारनाथ दुलालले जानकारी दिए । समाजवादीबाट मेयर पदमा उम्मेदवारी दिएका रोमनाथ भुर्तेल नेकपा एमालेमा प्रवेश गरेपछि समाजवादीले लामालाई समर्थन गरेको हो ।

पार्टीले भुर्तेललाई लाल गद्दारको आरोप लगाउँदै साधारण सदस्यसमेत नरहने गरी कारबाहीसमेत गरेको छ ।

मेयर पदमा नेकपा एकीकृत समाजवादीकी नेत्री मिनाकुमारी लामालाई कलम चुनाव चिन्हमा मतदान गरी मतले विजयी गराउन दुलालले सम्पूर्णमा आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?