सिर्जना सिंह : घोषणा जस्तै महानगरलाई महाघर बनाउने अवसर

लोकपथ
91
Shares

सिर्जना सिंह, पछिल्लो समय पार्टी राजनीतिबाट टाढा थिइन् । उनी पारिवारिक व्यवधानका कारण राजनीतिमा रहे पनि पार्टी राजनीतिको उचाइ र पदमा भने पुगिनन् र रहेको पनि पाइँदैन । हुन त उनका श्रीमान् प्रकाशमान सिंह लामो समयदेखि पार्टीको राजनीतिमा सक्रिय छन् ।

नेपाली कांग्रेसको महामन्त्रीसमेत बनिसकेका सिंह नेपाली कांग्रेसभित्र राम्रो छवि बनाएका नेतामा गनिन्छन् । पारिवारिक राजनीतिक विरासतलाई धान्दै र जोगाउँदै आएका उनले अहिलेसम्म पार्टीको नेतृत्व गर्न भने सकेका छैनन् । नेता सिंह नेपाली कांग्रेसका संस्थापक सदस्यमध्येका एक गणेशमान सिंह र मंगलादेवी सिंहका पुत्र हुन् । अहिले उनै प्रकाशमानकी श्रीमती सिर्जना सिंह सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार छिन् । यसो भनिरहँदा सिर्जना सिंहको परिचय पारिवारिक पृष्ठभूमिसँग जोडिन्छ नै । हुन त नेपाली समाजमा परिवारमा रहेका मध्ये स्थापित नामबाट नै सपरिवारको चिनारी हुन्छ । तर सिर्जना सिंहको परिचय गणेशमान सिंह, मंगलादेवी सिंह र प्रकाशमान सिंहमा मात्रै सीमित छैन ।

सिर्जना श्रेष्ठ गोरखामा जन्मिएकी थिइन् । गोरखाबाट सानै उमेरदेखि राजनीतिक यात्रा सु? गरेकी उनले विभिन्न सार्वजनिक कार्यक्रममा बताइसकेकी छिन् । उनीसँग विसं २०३६ सालमा नै महिला बहुदल प्रचारप्रसार समिति गोरखाको जिल्ला अध्यक्ष भएर काम गरेको अनुभव छ । त्यसैले पनि सहजै भन्न सकिन्छ गणेशमान सिंहको परिवारमा नाता जोडिनुअघि नै उनको राजनीतिक यात्रा सु? भएको थियो । सत्ता?ढ गठबन्धनको तर्फबाट कांग्रेसले उनलाई काठमाडौं महानगरको प्रमुखमा उठाएको छ । तर उनलाई काठमाडौं महानगरको प्रमुखमा जित्न भने त्यति सहज देखिँदैन । किनभने उनीसँग प्रतिस्पर्धामा रहेका नेकपा एमालेका नेता केशव स्थापित उनीभन्दा अनुभवी र काठमाडौंवासीमा बढी परिचित छन् । तर गठबन्धनले महिला नेतृलाई प्रमुख दाबेदार बनाइरहँदा त्यसको हिसाब पनि महानगरवासीले गरेकै हुनुपर्छ । साथै स्थानीय जनप्रतिनिधिहरूले गरेका प्रतिबद्धता विगत ५ वर्षमा पूरा गर्न नसक्नुले पनि मतदाताहरू नयाँ अनुहारलाई स्थान दिन लालयित देखिन्छ । कुराकानीमा उनले आफूले मेयरमा जित्ने पक्कापक्कीजस्तै भएको बताइन् । उनलाई घरदैलो कार्यक्रममा पाएको आश्वासनले गर्दा आधा चुनावी लडाइँ जितेको महसुस भएको छ । उनले नेपाली कांग्रेस आफैँमा पुरानो पार्टी भएकोले पुरानो पार्टीले महिलालाई विश्वास गरेर प्रमुख पदमा उठाउनु नै सम्पूर्ण नेपालीहरूको जित भएको बताइन् ।

उनले भनिन्, ‘हामीले सोचेको जस्तो काठमाडौं बन्ने भयो भनेर सबैजना उत्साहित हुनुहुन्छ । म अहिले हिँड्दा सबैले साथ दिनुभएको छ, सबै खुशी हुनुहुन्छ । काठमाडौंवासी फोहोरबाट आजित भएका छौँ अब केही हुन्छ कि भन्नुहुन्छ । मैले जितिसकेको जस्तो अनुभव भएको छ । अब आधा लडाइँ मात्रै लड्न बाँकी छ । वैशाख ३० गते । नेपाली कांग्रेसजस्तो पुरानो पार्टीले महिलालाई मेयरमा अघि सारेको छ, यो भनेको सम्पूर्ण महिला दिदीबहिनीहरूको जित हो जस्तो लागेको छ ।’

मेयरकी उम्मेदवार सिंहले आफू घरदैलो कार्यक्रममा जाँदा महानगरवासीको ठूलो अपेक्षा नरहेको बताइन् । महानगरवासीले धुवाँ/धुलो, ढल, पानी, फोहोर, बत्ती र स्वास्थ्य सेवा, ट्राफिक व्यवस्थापनलगायतका साधारण माग गरेको बताइन् । आफू मेयरमा विजयी भएपछि बेरोजगारलाई रोजगार, ज्येष्ठ नागरिकलाई स्वासथ्योपचादेखि रमाइलो गर्ने ठाउँ र खुला ठाउँहरू बनाउने सपनालाई साकार पार्ने प्रतिबद्धता पनि गरिन् । कुराकानीका त्रलममा उनले महानगरमा जितेपछि व्यवस्थापनलाई चुनौती ठानेर त्यसको व्यवस्थापनलाई जोड दिने भन्दै विगतका राम्रा कामलाई निरन्तरता र अव्यवस्थित सहरलाई व्यवस्थित र स्वच्छ बनाउने संकल्पसहित आफू चुनावमा होमिएको बताइन् ।

मेयरकी प्रत्यासी सिंहले भनिन्, ‘मतदाताहरूको ठूलो अपेक्षा छैन । उहाँहरूले सानोतिनो अपेक्षा राख्नुभएको छ । फोहोरको व्यवस्थापन, सडकको, खाल्डाखुल्डी, धुलोरहित, प्रदूषण कम हुने, ट्राफिकको अस्तव्यस्त, पानी धारामा आइदेओस्, ढलको व्यवस्थापन, नदीनाला सफा होस्, उहाँहरूको बेसिक त्यही छ । कति महिला दिदिबहिनीहरू बेरोजगार हुनुहुन्छ । ज्येष्ठ नागरिकलाई स्वासथ्योपचारदेखि रमाइलो गर्ने ठाउँ चाहिएको छ । खुला ठाउँहरू पार्क आदि बनिदेओस् भन्ने छ । ठूला अपेक्षा के गर्नुभएको छैन । मैले महानगरको जिम्मेवारी पाएपछि यसलाई व्यवस्थापन गर्नुपर्ने चुनौती देखेको छु । मैले यसलाई चुनौतीको ?पमा लिएकी छु । काम गरेर देखउँछु भन्ने विश्वास छ । पहिलाकोले के गर्नुभयो, के भएन भन्दा पनि उहाँले गर्नुभएका राम्रा चिजहरूलाई निरन्तरता दिनेछु । अ? अस्तव्यस्त केही भएको छैन नि काठमाडौं त यसलाई चुनाीितको ?पमा लिएर काम गरेर देखाउँछु ।’

आफू मेयर भएपछि पार्टीको घोषणापत्र र आफ्नो संकल्प पत्रमा टेकेर काम गर्ने उहाँको चाहना छ । उनले गणेशमान परिवारसँग जोडिएरै महानगरको प्रमुखमा उठाइएको भन्ने कुरा आफूमा कुनै हालतमा लागू नहुने बताइन् । आफूले १७ वर्षको उमेरमा नै विभिन्न राजनीतिक कार्यक्रमहरूको अगुवाइ गरेको र प्रजातन्त्रका लागि सहभागी बनेको र जेलजीवन पनि भोगिसकेकोले विनातथ्य र झुटो आरोप लगाउने काम अन्य राजनीतिक दलका नेताहरूले गरेको उल्लेख गरिन् । उम्मेदवार सिंहले आफ्नो परिवारले आजसम्म भ्रष्टाचार र सामाजिक विचलनका काम नगरेको समेत दाबी गरिन् । राजनीतिक गतिविधमा बाहिरी ?पमा सक्रिय नभए पनि २०३६ साल यता नेपाल महिला संघ काठमाडौं जिल्लाको प्रमुख सल्लाहकारमा रहेको बताइन् ।

मेयरकी उम्मेदवार सिंहले भनिन्, ‘महानगरका काम–कारबाहीलाई अघि बढाउन पार्टीको घोषणापत्र छ, साथै मेरो पनि संकल्पपत्र छ । त्यो घोषणामा टकेर काम गर्छु । त्यसलाई अघि बढाउन मैले जनाएका प्रतिबद्धता सबै काठमाडौं महानगरवासीको अगाडि राखिसकेको छु, त्यसलाई अगाडि बढाउँछु । मैले विवाह हुनुपूर्व नै राजनीति सु? गरेकी थिएँ । देशको लागि प्रजातन्त्र ल्याउनको लागि जुलुसको नेतृत्व गर्दै, पुलिसको लाठी खाँदै हिरासतमा बसिसकेको छु । यतातिर जोडेर मलाई हेर्न सुहाउँदैन । तर मलाई त्यो परिवारको सदस्य हुनुमा गर्व छ । किनभने उहाँहरूले जनतालाई रैतीबाट नागरिक बनाउन पहल गर्नुभयो । मेरो परिवारले यो देशमा कहिल्यै पनि भ्रष्टाचार गरेका छैन । मेरो परिवारले आजसम्म यो देशमा सामाजिक विचलन आउने काम गरेको छैन । मलाई विरासतको जुन आरोप लगाइएको छ त्यो मेरो बारेमा मिल्छजस्तो लाग्दैन । मैले पद नलीकन, पार्टीको काम गरिरहेकी छु । म २०३६ सालमा नै महिला बहुदल प्रचारप्रसार समितिको जिल्ला अध्यक्ष भएर गोराखा जिल्ला हाँकेको मान्छे हो । आजको दिनसम्म म नेपाल महिला संघ काठमाडौं जिल्लाको प्रमुख सल्लाहकार नै छु । मेरो आफ्नै योगदान छ ।’

उनका अनुसार सिंह परिवारलाई अधिकांश काठमाडौंवासीले विश्वास गर्छन् । त्यसैले पनि यस पटक महानगरको मेयरमा आफू विजयी बन्नेमा शंका नरहेको बताइन् । उनले देशको राजधानीमा अझै पनि राम्रो स्वास्थ्य सेवा पुग्न नसकेको गुनासो गर्दै आफू मेयर भएपछिका दिनमा प्रत्येक वडामा स्वास्थ्य सेवा केन्द्र खोलेर सामान्य उपचार वडाबाट नै गराउने, ज्येष्ठ नागरिक, बेसहाराहरूका लागि प्रत्येक वडामा डाक्टर र नर्स राख्ने, तत्काल राहत र उद्धार गर्ने टोली बनाएर महानगरवासीको सेवा गर्ने घोषणा गरिन् ।

‘मेरो परिवार काठमाडौंका सबैले विश्वास गर्ने परिवार हो । काठमाडौं मेरो घर हो । म यहाँको रीतिथिति, बाजागाजा, चालचलन, सभ्यता सबैसँग परिचित छु । राजधानी भनेर के गर्नु, अझै पनि राम्रो स्वास्थ्य सेवा पुग्न सकेको छैन । त्यसैले म प्रत्येक वडामा स्वास्थ्य सेवा केन्द्र खोलेर सामान्य उपचार वडाबाट नै गराउनेछु ।’ उनले भनिन्, ‘ज्येष्ठ नागरिक, बेसहाराहरूका लागि प्रत्येक वडामा डाक्टर र नर्स राख्नेछु । त्यति मात्रै होइन, क्विक रेस्पोन्स टिम राख्छु । त्यसले अपारधजन्य घटनाहरू पनि वडामा हुन नदिने र फोहोरहरू फाल्नेलाई तत्काल कारबाही गर्ने योजना बनाएको छु ।’

गठबन्धनबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवार दिएकी सिर्जनलाई जित्न भने भनेजति सहज छैन । किनभने यसअघि नेकपा एमालेको तर्फबाट विद्यासुन्दर शाक्यले महानगरमा जित निकालेको विगतलाई बिर्सन मिल्दैन । त्यसमा पनि अहिले एमालेले मेयरमा अब्बल काम गरेर नाम स्थापित गराएका स्थापितलाई उम्मेदवार बनाएको छ । साथै सिंह आफैँमा अनुभवरहित उम्मेदवार हुन् । त्यसमा पनि नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पार्टी सभापतिमा प्रतिस्पर्धा गरेका प्रकाशमान सिंहले अन्तिममा कांग्रेस सभापति शेरबहादुर देउवालाई गरेको समर्थनले पनि कतिपय महानगरवासी कांग्रेसीहरू नेता सिंहसँग ?ष्ट देखिन्छन् । त्यसको असर पनि सिर्जना सिंहमा पर्ने देखिन्छ । यदि महानगरमा जित निकालेको खण्डमा पनि उनले अघिल्ला सरकारले गरेका कामहरूबाट असन्तुष्ट नागरिकलाई सन्तुष्ट बनाई काठमाडौं महानगरमा देखिएका समस्याको समाधान गर्नुपर्ने चुनौती छ । साथै पारिवारिक विरासतबाट आएको भन्ने आफूमाथि लगाइएको कलंकलाई चिर्न र महिलाहरूले स्थान पाए काम गरेर देखाउँछन् भन्ने कुराको प्रमाणित गर्दै यसअघिका जनप्रतिनिधिहरूले दुःखाएको सर्वसाधारणको मनलाई मलम लगाउनुपर्नेहुन्छ । त्यसमा सिंह खरो उत्रिएर आफूलाई सक्षम र अब्बल साबित गर्नेछिन् वा पुरानै राजनीतिकर्मीहरूको बाचा र प्रतिबद्धतालाई निरन्तरता दिनेछिन् त्यो भविष्यको गर्भमा नै सीमित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?