महेन्द्रनगरमा डिसहोम फाइवरनेटको नयाँ सोरुम

लोकपथ
112
Shares

काठमाडौं । डिसहोम फाइवरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न बागफाटा, महेन्द्रनगरमा डिसहोम फाइवरनेट सोरुमको उद्घाटन गरिएको छ । सो सोरुमको सञ्चालन जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले गर्नेछ ।

सोरुम उद्घाटन, डिसहोमका तर्फबाट निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल , सर्बिस सेन्टर सुपर भाईजर ज्योती फार्सवान, रि–एलाईमेन्ट टेक्निसियन अनुज भट्ट र डिलरका म्यानेजर जगदिश भट्टको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समयदेखि डिसमिडिया नेटवर्कसँग सहकार्य गरि डिसहोमको डिटिएच सेवा ग्राहकहरु माँझ पुर्याउँदै आएको जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले अब डिसहोम फाइवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुम मार्फत दिनेछ ।

४०० सयभन्दा धेरै ग्राहकलाई डिसहोम फाइवरनेटको सेवा उपलब्ध गराइसकेको जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले अब अझ बढी ग्राहकहरूको माँझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरका सञ्चालक हजारी चन्दले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?