महानगरभित्र नै एउटा महानगर संग्रहालय बनाउँछु : उपमेयर उम्मेदवार डंगाेल

लोकपथ
1.1k
Shares

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी सञ्चारकर्मी सुनिता डंगोलको चर्चा अहिले काठमाडौंमा धेरै नै छ । महिला उम्मेदवार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट उम्मेदवारी पर्नुले पनि उनीप्रति धेरैको चासो देखिएको हुनसक्छ । काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेको तर्फबाट उम्मेदवारी दिनुअघि उनले स्वतन्त्र उम्मेदवारको रुपमा काठमाडौं महानगरपालिकाको मेयरमा दाबेदारी प्रस्तुत गरेकी थिइन् । त्यसले पनि उनको चर्चा चुलिएको थियो । पछि एकाएक एमालेबाट टिकट पाउनुले उनको चर्चा झनै बढ्यो । त्यसो भनिरहँदा राजनीतिमा आउनुपूर्व पनि उनी चर्चामा नै थिइन् । मिस नेवा २०११ की विजेता भएर पनि उनले चर्चा बटुलेकी थिइन् । साथै सञ्चारकर्मबाट पनि उनले आफ्नो चर्चा कमाएकी थिइन् । उनको परिचय यतिमा मात्रै सिमित छैन । अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउन लागि परेकी युवा हुन् । उनले नेपालको संस्कृतिलाई विशवमाझ चिनाउने किसिमका कार्यक्रम गर्दै आएकी छन् । उनको चर्चा अहिले फेरि बढेको छ ।

उनी नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा दाबेदार छिन् । अहिलेको स्थितिमा हरेक पार्टीका लागि बलियो र मुख्य प्रतिद्वन्दी पार्टी एमालेको तर्फबाट देशको राजधानीमा रहेको महानगरपालिकाको उपमेयरमा युवालाई विश्वास गरेर पार्टीले उपप्रमुख जस्तो पदको टिकट दिनुले पनि उनलाई धेरैले चासोसँग हेरेका छन् । नेकपा एमालेको तर्फबाट महानगरको मेयरमा भने पूर्व मेयर तथा एमालेका नेता केशव स्थापितले उम्मेदवारी दिएका छन् । नेकपा एमालेले महानगरमा जितेको खण्डमा युवापुस्ता र अग्रज पुस्ताहरुबीचको कम्युनिकेशन मिलाउने कुरामा चुनौति छ । त्यसलाई स्थापित र डंगोलले कसरी समन्वय गर्नेछन् भन्ने कुरा यदी जितेको खण्डमा भविष्यमा देखिने नै छ । डंगोल आफैँ पनि आफ्नो पक्षमा स्पष्ट जितका लागि चाहिने भोट आउनेमा विश्वस्त छिन् निर्वाचनको विषयमा कुराकानी गर्दै उनले घरदैलो कार्यक्रममा जाँदा राम्रो प्रतिक्रिया आइरहेको बताइन् । उनले भनिन्, ‘अहिले घरदैलो कार्यक्रमहरु भइरहेको छ । काठमाडौंको जुनकुनै ठाउँमा गएपनि राम्रो रेस्पोन्सहरु आइरहेको छ ।’

काठमाडौं महानगरवासीहरुले महिला उपप्रमुखको रुपमा आफूलाई जिताएर महिला हक हीतका कुराहरुलाई बचाउने छन् भन्ने उनको विश्वास छ । निर्वाचनको विषयमा कुरा गर्दै उनले आफू उपमेयर बनिसकेपछि काठमाडौंमा रहेका सांस्कृतिक सम्पदाहरुको पुनः निर्माणलाई पूरा गर्ने र संस्कृतिहरु नयाँ पुस्तालाई पुस्तान्तरण गर्ने कुरामा काम गर्ने बताइन् । काठमाडौं देशको राजधानी भएकोले यहाँको पूर्वाधारमा विकास गर्नु आवश्यक रहेको उनको बुझाइ छ । काठमाडौंको चिनारी यहाँको भाषा, कला, संस्कृति, जात्रा र पर्व आदि कुराहरुमा अडिएकोले यसलाई संरक्षण गर्न सकेमात्रै काठमाडौंलाई काठमाडौंजस्तो बनाउन सकिने बताइन् । उनले काठमाडौंलाई अन्य शहरसँग तुलना गर्न जरुरी नरहेको भन्दै साँच्चीकै कान्तीपुर नगरी बनाउन काठमाडौंलाई पुननिर्माण गरेर यहाँ रहेका मूर्त, अमूर्त सम्पदाहरुलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताइन् । काठमाडौंमा रहेको बहाःबहीः मासिँदै गएकोले त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिइन् । बहाःबहीःको संरक्षणका लागि अब संवद्र्धन समिति बनाइनु पर्ने बताइन् । उनले काठमाडौं उपत्यकाभित्र ४ वटा विश्व सम्पदा सूचिमा सूचिकृत भएका स्थानहरु रहेको र त्यो बाहेक पनि अन्य सांस्कृतिक सम्पदाहरु रहेकोले बाँकी सम्पदा लाई पनि राष्ट्रिय सम्पदाको रुपमा सूचिकृत गर्नुपर्ने बताइन् । कार्यक्रम मञ्चहरुलाई थप बिस्तार गरेर काठमाडौं महानगरपालिकाले यहाँको संस्कृति, गीत, संगीतका कार्यक्रम आयोजना गरे यसको संवद्र्धन हुने बताइन् ।

उनले भनिन्, ‘सांस्कृतिक सम्पदाह?को पुनः निर्माणलाई पूरा गर्नुपर्नेछ । संस्कृतिहरु नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । काठमाडौं क्यापिटल सिटी भएको कारणले यहाँभित्र पूर्वाधारको विकास धेरै हुनु जरुरी छ । अर्को कुरा यहाँको कलाकृतिले गर्दा काठमाडौं काठमाडौं छ । काठमाडौंको चिनारी यहाँका सम्पदाहरुले बोकेको छ । जात्रा, पर्व, संस्कृतहरुले बोकेको छ । काठमाडौंलाई धेरैले अन्य शहरसँग तुलना गर्ने गरेका छन् । यो आफैँमा सुन्दर छ, मौलिकता बोकेको छ । त्यसैले यसलाई अरु कुनै शहरसँग तुलना गर्नु उचित हुँदैन । जरुरी छैन । अरु कुनै शहरजस्तो बनाउन जरुरी पनि छैन । काठमाडौंलाई साँच्चिकै कान्तीपुरी नगरी बनाउने हो भने हामीले काठमाडौंलाई रिभाइभ गर्नुपर्छ । पुराना धेरै साइन्टिफिक कुराहरु छ त्यसलाई रिभाइभ गर्नुपर्छ । हामीले काठमाडौंलाई रिभाइभ गर्नको लागि विभिन्न योजना बनाएका छौँ । यहाँ मूर्त, अमूर्त सम्पदाहरु छन् । त्यसको संरक्षण र प्रवद्र्धन गर्नुपर्छ । काठमाडौंका १०० भन्दा बढी ठाउँमा विभिन्न घुम्न लायक ठाउँहरु छन्, बहाबही छ त्यो बिस्तारै हराउँदै गइरहेको छ, त्यसलाई हराउन दिनुहुँदैन । बहाबहीलाई संरक्षण गर्नको लागि अब संरक्षण, संवद्र्धन समिति बनाइनु पर्छ । त्यसले नै सबै काम गर्छ । काठमाडौं उपत्यकाभित्र ४ वटा त विश्व सम्पदा सूचीमा परेका स्थानहरु छन् । त्यो बाहेक पनि अन्य थुप्रै सम्पदाहरु छन् । विश्व सम्पदा सूचीमा नभएका सम्पदालाई पनि राष्ट्रिय सम्पदाको रुपमा सूचिकृत गर्न जरुरी छ । हामीले स्थानीय निकायबाट त्यसलाई नीतिगत रुपमा लैजान सक्यौँ भने मात्र नीतिगत रुपमा संवद्र्धन र संरक्षण हुन्छ । अर्को कुरा पहिल्यैबाट आर्टिस्टहरु जन्मिएको ठाउँ दब्बू हो । दब्बूहरुलाई अकेजनअनुसार मात्र होइन अरु बेला पनि प्रयोग गर्न सक्नुपर्छ । रिभाइभ काठमाडौंको वान अफ द मेजर कम्पोनेन्ट रिभाइभ दब्बू पनि हुन्छ । त्यस्ता दब्बूहरुलाई अझै रिभाइभ गर्न जरुरी छ । फेस्टिबल, अकेजनको समयमा मात्र होइन ।’

उपमेयरकी दाबेदार डंगोलले आफू महानगरपालिकाको उपमेयर बनेपछि महानगरीय संग्रहालय बनाउने र त्यसमा काठमाडौंका मौलिकता झल्किने कुराहरुलाई राख्ने बताइन् । उनले यहाँको भाषा, रितिरिवाज, संस्कृति, भेषभुषालगायतका काठमाडौंका मौलिकता झल्किने कुराहरु संग्रहालयमा राख्दा काठमाडौंको बारेमा बुझ्न चाहनेका लागि सहज हुने बताइन् । उनले उपमेयर बनेपछि यहाँको स्थानीय भाषालाई जोड दिने पनि बताइन् । यी सबै काम गर्नका लागि भावनासँगै नीति, नियम र योजनाको खाँचो रहेको र त्यसलाई स्थानीय सरकारको ?पमा महानगरले गर्न सक्ने स्पष्ट पारिन् ।

उपमेयरकी उम्मेदवार डंगोलले भनिन्, ‘त्यतिमात्रै नभइ महानगरभित्र नै एउटा महानगर संग्रहालय बनाउन सक्यौँ । त्यसमा हामीले काठमाडौंसँग जोडिएका इतिहास, किंवदन्तीहरु राख्नुपर्छ र मात्र काठमाडौंलाई नजिकबाट हेर्न सकिन्छ । अहिले पनि राम्रो काम भएको छ । विद्यासुन्दर शाक्यको पालामा एकदमै राम्रो काम भएको भनेको स्कुल स्कुलमा लोकल करिकुलम, लोकल भाषा राख्नुभएको हो । जति धेरै ल्याङ्ग्वेज एण्ड स्क्रिप्ट हुन्छ आफ्नो त्यति नै आफ्नो पहिचान झल्किन्छ म त्यसमा काम गर्न चाहन्छु । इना, ढुंगेधारा, पोखरीह? मासिँदै गएको छ, यसलाई संरक्षण गर्न जरुरी छ । काठमाडौंलाई रिभाइभ गर्ने हो । पुराना राम्रा कुराहरुलाई फेरि हामीले लाइमलाइफमा ल्याउने हो र काम गर्ने हो भने भावना चाहिन्छ । भावनाले मात्र पनि हुँदैन योजना ल्याउनु पर्छ । यसको लागि स्थानीय सरकारले काम गर्न सक्छ ।’

उनले अहिले बाध्यताले नेपाली युवाहरु विदेशीन बाध्य भइरहेको बताउँदै महानरगमा जितेपछि आफूले महानगरभित्र नै उच्च रोजगारीका कार्यक्रहरु ल्याउने प्रतिबद्धता जनाइन् । उनले पहिलो प्राथमिकतामा आफूले काम गर्ने ठाउँमा योजना बनाउन र कस्तो रणनीतिका साथ शहरको विकास गर्ने भन्ने कुरा युवाहरुको सोचका आधारमा नै हुने दाबी गरिन् । उनले युवाहरुलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्न तीनै तहका सरकारहरु मिलेर काम गर्नुपर्ने भन्दै यहाँ रोजगारी सिर्जना गर्न इनोभेशन हब र सेन्टरहरु स्थापना गर्नुपर्ने बताइन् । अहिले धेरै युवाह?ले ?चाएको क्षेत्र आईटी भएकोले त्यसलाई महानगरपालिकाले स्थानीय सरकार बनेर सघाउनु पर्नेमा जोड दिइन् । उनले आफ्नो जितपछि महानगरमा स्टार्टअप कम्पनीहरु, आईटी बेस र अरु बेस कम्पनीहरुलाई स्थानीय सरकारको तवरबाट इन्करेज गर्ने काम गर्ने बताइन् । यस्ता कामले देशको अर्थतन्त्र र रोजगारी सिर्जना हुने तथा युवा शक्ति विदेश पलायन नहुने उनको बुझाइ छ ।

‘धेरै युवाहरु अहिले विदेश जानुभएको छ । उहाँहरुको यो खुशी होइन, बाध्यता हो । नेपालमा उच्चस्तरको रोजगारी नहुँदा विदेशीनु भएको छ । तर अब काठमाडौं महानगरपालिकाले त्यो वातावरण सिर्जना गर्नुपर्छ । यसमा तीनै तहका सरकारहरु मिलेर युथ इम्प्लोएमेण्ट र इम्पायोर्मेण्टमा काम गर्नुपर्छ । कुनै पनि कार्यक्रम सफल गर्नको लागि अब युवालाई अघि सार्नुपर्छ । युवाहरुलाई काठमाडौंमै राखेर काम गर्ने हो भने इनोभेशन हब, सेन्टरहरु जहाँ विभिन्न आइडियाजहरु होस् ।’ ‘उनले भनिन्, हामी काठमाडौं बनाउने आइडिया इनोभेटिभ आइडिया योङ जेनेरेशनबाट नै लिनेछौँ । रोजगारी बढाउने कुरामा अहिले धेरैले रुचाएको फिल्ड भनेको आईटी हो । यसमा काठमाडौं महानगरपालिकाले स्थानीय सरकारको रुपमा काम गर्न जरुरी छ । स्टार्टअप कम्पनीहरु, आईटी बेस र अरु बेस कम्पनीह?लाई हामीले स्थानीय सरकारको तवरबाट इन्करेज गर्ने काम गर्नुपर्छ । त्यसले अर्थतन्त्र पनि सुधार हुन्छ । रोजगारी पनि सिर्जना हुन्छ ।’

उनले आफू उपमेयर बनेपछि काठमाडौंलाई डिजिटल काठमाडौं बनाउने उद्घोष गनिन् । उनले काठमाडौं चलाउने सिस्टम बडी नै डिजिटल हुन आवश्यक रहेको बताइन् । उपमेयरकी उम्मेदवार डंगोलले आफूसँग केएमसी एपको अवधारणा रहेको र त्यसमा काठमाडौंभित्र भएका नीति, नियमसहित के गर्ने भन्ने सबै किसिमका तरिकाहरु राखिने भएकोले त्यसलाई हरेक मोबाइल डिभाइसमा उपलब्ध गराएर अनलाइनबाट नै हरेक काम गर्नेसक्ने व्यवस्था मिलाउने जनाइन् । उनले इगभर्मेण्ट्सबाट अहिले भइरहेको समस्या समाधान गर्नेमा जोड दिने बताइन् । उनले काठमडौंलाई स्मार्ट सिटी बनाउने योजनाअनुरुप जिआईए सिस्टमको विकास गर्ने र त्यसमा काठमाडौंमा भएका घरका बारेमा जानकारी डेटाबेसमा ल्याइ सहज र विश्वासिलो बनाउने बताइन् ।

उनले भनिन्, ‘अब काठमाडौं डिजिटल हुनुपर्छ । काठमाडौं डिजिटल भनेको काठमाडौं चलाउने सिस्टम बडी नै डिजिटल हुन आवश्यक छ । जसमा केएमसी एपको अवधारणा छ । त्यसमा काठमाडौंभित्र गर्ने कामहरु हुन्छन् । त्यो हरेक मोबाइलमा उपलब्ध हुन्छ । त्यसले धेरै कामहरु अनलाइनबाट गर्न सकिन्छ । काम गर्न के प्रोसेस हो त्यो सबै त्यस एपमा हुन्छ । अर्को भनेको हामीले ट्याक्स पनि एपबाट नै तिर्नसक्ने व्यवस्था गर्छौं । अर्को इगभर्मेण्ट्सबाट अहिले भनिरहेको समस्या समाधान हुनसक्छ । यसले सिस्टमलाई एक्चुअल सिस्टममा सेट गर्छ । अर्को धेरै पेपर वर्कहरु हुँदैन । यसले सेवाग्राहीलाई धेरै हदसम्म सजिलो हुन्छ । स्मार्ट सिटी बनाउन जिआइए सिस्टम चाहिन्छ । काठमाडौंमा भएका घरघरका जानकारीलाई डेटा बेसमा ल्याएर कुनैपनि समस्या भए त्यो डेटाले समाधान गर्छ ।’

उपमेयरकी उम्मेदवार डंगोलले आफू उपमेयर भएपछि महिलाहरुको आवश्यक्ताको आवाज बनेर काम गर्ने बताइन् । डंगोलले हरेक काममा महिलालाई अघि सारेर समस्या आउनुपूर्व नै हल हुने गरी काम गर्ने बताइन् । उनले महिलाहरुलाई रोजगारीमुलक कार्यक्रम, फाइनान्सीयल लिट्रेसी प्रोग्राम, महिलाहरुलाई परेका कुनैपनि समस्या स्थानीय सरकारबाट नै हल गर्ने व्यवस्थाका लागि वुमेन सेल स्थापना गर्ने घोषणा गरिन । डंगोलले महिलालाई राति हिँड्न समस्या भइरहेकोले अब पूरा काठमाडौंलाई झलमल्ल बनाउने र महिलालाई सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था गर्ने बताइन् । आफू महानगरको प्रतिनिधिमा चुनिएपछि महलिाका लागि काम भएको महशुस दिलाउने तरिकाले काम गर्ने पनि डंगोलले बताइन् ।

‘म उपमेयर भएँ भने म आफैँ महिला भएकोले सबै महिलाहरुको आवाज बन्ने प्रयास गर्छु । म महिललाई अघि सारेर महिलासँग जोडिएर कामहरु गर्छु । म अब समस्या आउनुभन्दा अघि नै समाधान गर्ने किसिमको नीतिगत व्यवस्था गर्छु । महिलाहरुलाई रोजगारीमुलक कार्यक्रम ल्याउनेछु । फाइनान्सीयल लिट्रेसी प्रोग्राम ल्याउनेछु । महिलाहरुलाई कुनै पनि समस्या परेमा अब स्थानीय सरकारबाट नै सकेसम्म हल गर्ने व्यवस्था गर्नको लागि वुमेन सेल स्थापना गर्नेछौँ । त्यो छुट्टै डिपार्ट हुनेछ जसले वुमेन इस्यूलाई कभर गर्नेछ ।’ डंगोलले भनिन्, ‘अर्को भनेको अनसेफ छौँ हामी धेरै ठाउँमा । शहर पनि अब अध्याँरो होइन, झलमल्ल बनाउने छौँ । महिलाहरुलाई सुरक्षित वातावरण, सुरक्षित वर्कपेसका लागि काम गर्नेछौँ । झलमल्ल काठमाडौं अन्तर्गत राति पनि बत्ती हुनेछ । हामी काठमाडौं महानगरपालिकामा महानगरवासीको प्रतिनिधि भएर आएपछि महिलाहरुका लागि काम भएका छन् भन्ने महशुस हुनेछ ।’

उनले काठमाडौंवासीलाई सहुलित सेवा प्रदान गर्न केएमसी कार्ड दिने योजना रहेको पनि जानकारी गराइन । काठमाडौंका स्थानीयहरुलाई सहुलियत कार्यक्रमहरु ल्याउने आफ्नो योजना रहेको बताइन् । युवाको जोश र जाँगरलाई सही प्रयोग गर्नको लागि म्युजिक, लिट्रेचर आर्ट्समा पनि हामीले प्रमोट गर्ने योजना रहेको बताउँदै उपमेयरकी प्रत्यासी डंगोलले काठमाडौंलाई रिभाइभ कल्चरल हब बनाउने क्रममा सांस्कृतिक कार्यक्रहरु गर्ने, काठमाडौंका कथाहरुलाई नाटकसँग जोडर देखाउने कुरामा पनि त्यत्तिकै जोड दिने बताइन् । उनले युवाहरुलाई जोडिरहनका लागि विभिन्न खेलकुदका कार्यक्रमहरु आयोजना गर्ने र खेलाडीहरुको उत्पादनमा पनि जोड दिने योजना रहेको बताइन् ।

उपमेयरकी उम्मेदवार डंगोलले भनिन्, ‘हामी काठमाडौं वासीका लागि केएमसी कार्ड दिनेछौँ । जसले विभिन्न सेवाह?मा सहुलियत दिनेछ । बस चढ्दादेखि सहुलियत पाउँछ । यस्तै सहुलियतका कार्यक्रमहरु ल्याउनेछौँ । केएमसी कार्ड काठमाडौंका भोटर्सले, वासीले मात्र पाउनेछन् । अब काठमाडौं महानगरपालिका र युवासँगै काम गर्छ । सँगै काठमाडौंलाई बनाउने काम गर्छ । युथ भोलिन्टेज सेक्टरबाइज बनाउने पनि योजना रहेको छ । हामी युवाको जोश जाँगरलाई प्रयोग गर्नको लागि म्युजिक, लिट्रेचर आर्ट्समा पनि हामीले प्रमोट गर्नेछौँ । काठमाडौंलाई रिभाइभ कल्चरल हब बनाउने क्रममा सांस्कृतिक कार्यक्रहरु गर्नेछौँ । काठमाडौंका कथाहरुलाई नाटकसँग जोडर देखाउनेछौँ । त्यसले पनि हाम्रो कला, संस्कृतलाई जोगाइरहन्छ । त्यसले आन्तरिक र वाह्य पर्यटनमा टेवा पु¥याउँछ । साथै युवालाई खेलकुदमा पनि बढीभन्दा बढी सहभागी गराउने योजना छ । त्यसका लागि भने महानगर स्तरीय विभिन्न खेलहरु गर्नुपर्छ । साथै स्पोर्ट्स कलवहरुलाई पनि प्रमोट गर्ने । जसले काठमाडौंबाट नै थुप्रै राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी जन्माउन सक्छौँ । युवा शक्तिलाई सही दिशामा लैजान युथ भोलेन्टियरहरुको योजना रहेको छ ।’

नेकपा एमालेको तर्फबाट उपमेयरको उम्मेदवार बनेकी सुनितालाई चुनाव जिते, युवा नेतृत्वलाई वहन गर्ने क्षमताको सदुपयोग र महिला हक अधिकारको लागि लड्ने चुनौति र काम गरेर देखाउने अवसर रहनेछ । उनलाई युवा पुस्ता र त्यसमाथि पनि महिलाले नेतृत्व लिन सक्छ भन्ने प्रमाणित गर्नु महत्वपूर्ण कुरा हुनेछ । जितेपछि उनका सामु साथै युवा पुस्ताले गरेका वाचाहरु कार्यान्वयनमा कति आउँछन्, गरेका प्रतिवद्धतालाई पूरा गर्छन् वा पुरानै जनप्रतिनिधिहरु जस्तै बेकाम भएर बस्छन् त्यसको छिनाफानो पनि हुनेछ । पछिल्लो समय राजनीतिक कर्मीहरुले चुनावताका आम नागरिकलाई गरेका प्रतिवद्धता पूरा गर्न नसक्दा आम नागरिकहरुले नेतृत्व वर्गलाई हेर्ने दृष्टिकोण नै फेरिन थालेको छ । नेताहरुको कुरामा अधिकांशले विश्वास गर्न छोडेका छन् । यसलाई चिरेर नयाँ पुस्ताले विकासलाई सार्थक बनाउन सक्छ भन्ने कुराको प्रमाणित गर्नु डंगोलका लागि चुनौतिको विषय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?