काठमाडौं । डिसहोम फाइवरनेटको बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुख्खडसल, महेन्द्रनगर डिसहोम फाईवरनेट सोरुमको उद्घाटन गरिएको छ । सो सोरुमको सञ्चालन दिपक ट्रेडर्सले गर्नेछ ।
सोरुम उद्घाटन डिशहोमका तर्फवाट एरिया म्यानेजर निर्मल आचार्य सेल्स अफिसर कमल रिमाल सर्भिस सेन्टर सुपरभाइजर ज्योती फार्सवान , रि–एलाइमेन्ट टेक्निसियन अनुज भट्ट र डिलरका म्यानेजर जगदिश भट्टको उपस्थितिमा सम्पन्न भएको थियो ।
विगत लामो समयदेखि डिस मिडिया नेटवर्कसँग सहकार्य गरि डिसहोमको डिटिएच सेवा ग्राहकहरु माझ पुर्याउँदै आएको दिपक ट्रेडर्सले अब डिसहोम फाइवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।
२०० सयभन्दा धेरै ग्राहकलाई डिसहोम फाइवरनेटको सेवा उपलब्ध गराईसकेको दिपक ट्रेडर्सले अव अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने दिपक ट्रेडर्सले सञ्चालक दिपक प्रसाद भट्टले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया