खेलकुद जगतकै महँगो लिलामीमा म्याराडोनाको जर्सी

लोकपथ
322
Shares

काठमाडौं । स्वर्गीय डिएगो म्याराडोनाले लगाएको जर्सी विश्व खेलकुद जगतकै महंगो मूल्यमा लिलामी भएको छ ।

सन् १९८६ को विश्वकपमा इंग्ल्याण्डविरुद्ध हातले गोल गर्दा म्याराडोनाले लगाएको जर्सी विश्व खेलकुद जगतकै महंगो मूल्यमा लिलामी भएको हो ।

खेलपछि उनको त्यो महत्वपूर्ण जर्सी इङ्ल्यान्डका खेलाडी स्टिभ होजले पाएका थिए । होजले इंग्ल्याण्ड फुटबल म्युजियमलाई हस्तान्तरण गरेको जर्सी १९ वर्षपछि बुधबार अक्सानमार्फत ७.१४ मिलियन पाउन्ड (८.९३ मिलियन डलर)मा बिक्री भएको हो । लिलामी गरिएको हो । जर्सी किन्ने व्यक्ति वा संस्थाको नाम गोप्य राखिएको छ ।

विश्वकप क्वाटरफाइनलमा म्याराडोनाले सो जर्सी लगाएका थिए । मेक्सिकोमा भएको विश्वकपको उक्त खेलमा सोही जर्सी लगाएर उनले २ गोल गरेका थिए भने दोस्रो हाफको छैटौँ  मिनेटमा आफूले गरेको गोललाई म्याराडोना आफैँले ‘ह्यान्ड अफ गड’को उपमा दिएका थिए । उनले पहिलो गोलको चार मिनेट पश्चात फेरी बल ड्रिबल गर्दै दोस्रो महत्वपूर्ण गोल गरेका थिए ।

यो ऐतिहासिक जर्सी खेलकुद इतिहासमा मात्रै नभई २०औँ शताब्दीको एउटा महत्वपूर्ण क्षणको मूर्त सम्झना भएको जर्सी लिलामी गर्ने संस्था सोथवीका स्ट्रिटवेयर र मोर्डन कलेक्टेबल्सका उपप्रमुख ब्रहम वाचरले बताए ।

यसअघि सन् २०१९ मा ओलम्पिक घोषणापत्रको मूल अटोग्राफ ८.८ मिलियन अमेरिकी डलरमा लिलामी भएको थियो । म्याराडोनाको जर्सीले त्यो कीर्तिमानलाई पछि पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?