भारतमा कोरोनाको ग्राफ उकालो लाग्दै : थप ३२७५ जनामा संक्रमण पुष्टि

लोकपथ
140
Shares

काठमाडौं । भारतमा फेरि एक पटक कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ३ हजार २ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन अगिल्लो दिनको तुलनामा ७० प्रतिशतले बढी हो ।

त्यस्तै, भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ५५जनाले ज्यान गुमाएका छन् ।

यसैगरी, भारतमा पछिल्लो २४ घण्टामा ३ हजार १० जना डिस्चार्ज भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या १९ हजार ७१९ पुगेको छ ।

कोरोना महामारी सुरु भएदेखि हालसम्म ५ लाख २३ हजार ९७५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?