काठमाडौँ उपत्यकाको फोहोर सिसडोल पुर्याउन फोहोर व्यवस्थापन गर्ने मजदुरले काभ्रेस्थली मार्गबाट फोहोर सिसडोल लैजान थालेका छन् ।
मङ्गलबार रातिदेखि बुधबार बिहानसम्म ८० कन्टेनर फोहोर काभ्रेस्थली भएर सिसडोल लगिएको छ ।
फोहोर १० दिनदेखि उठ्न सकेको थिएन । सहरका केही भाग अहिले सफा भएको छ ।
वर्षा र सिसडोलका स्थानीयको सङ्घर्षको दोहोरो समस्याका कारण काठमाडौँ महानगरपालिकाका सडकमा थुप्रिएका फोहोर सिसडोल डम्पिङ साइट लैजाने कार्य अरू अनिश्चितजस्तै थियो ।
फोहोर व्यवस्थापन गर्ने मजदुरले काभ्रेस्थलीको बाटो प्रयोग गरेको काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले बताइन् ।
काभ्रेस्थलीको यो बाटोमा कुनै अवरोध नरहेकाे खबर गोरखापत्रमा छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया