सहमति नजिक पुग्यो सरकार र डा. केसी पक्षबीचको वार्ता

काठमाडौं । सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता सहमति नजिक पुगेको छ । 

डा. केसी पक्षीय वार्ता टोलीका सदस्य सुरेन्द्र भण्डारीले वार्ता अन्तिम चरणमा पुगेको र सरकारी टोलीले सहमतिका लागि राखेको प्रस्ताव सकारात्मक रहेको बताए । 

वार्तापछि सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले आफूहरु सरकारी टोलीले सहमतिका लागि अघि सारेको प्रस्ताव लिएर डा. केसीलाई भेट्न जान लागेको र उनले सो प्रस्तावमा सहमति जनाए केहि घण्टामै शुभ खबर सुन्न पाइने प्रतिक्रिया दिए । 

उनका अनुसार डा. केसीले सरकारी प्रस्तावका सम्बन्धमा सहमति जनाए  प्रधानमन्त्री बालुवाटारमा गएर सहमतिलाई अन्तिम रुप दिने र त्यसपछि केसीको अनसन तोडिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?