काठमाडौं । सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता सुरु भएको छ ।
सरकारी पक्षको आन्तरिक छलफलपछि बिहान ९ बजेका लागि बोलाइएको वार्ता पौने २ बजेदेखि सिंहदरबारमा सुरु भएको हो ।
केसी पक्षको वार्ता टोलीका संयोजक डाक्टर अभिषेकराज सिंह माग पूरा हुनेमा विश्वास व्यक्त गरे ।
वार्तामा सरकार पक्षबाट शिक्षा मन्त्रालयका सचिव तथा वार्ता टोलीका संयोजक खगराज बराल, सह सचिव केदार न्यौपाने र स्वास्थ्य मन्त्रालयका सहसचिव गुणराज लोहनी उपस्थित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया