काठमाडौं । प्रतिपक्षीले हमला गर्ने योजनाको जानकारी पाएपछि सरकारले त्यसको सामना गर्न आफ्नो पक्षका सबै मोर्चालाई कसिलो बनाउन थालेको देखिएको छ ।
मंगलबार नेकपा निकट दुई पत्रकार संगठनमा आबद्ध पत्रकारहरूको भेला गरी प्रतिपक्षीको सुनियोजित आक्रमणबारे जानकारी दिइयो । त्यसको प्रतिकार गर्न पत्रकारहरूले प्रतिगमन विरूद्ध खडा हुन सत्तापक्षीय नेताहरूले आग्रह गरे ।
तिपक्षीले सुनियोजित आक्रमण गर्ने बेला तपाईहरू मौन बसि दिए सत्ताको युद्धमा यो लडाई जित्न गाह्रो हुने प्रधानमन्त्री समेत उपस्थित सो भेलामा सरकार पक्षीय नेताले स्थिति स्पस्ट पारे ।
दुई कम्युस्टि पार्टीले पार्टी एकीकरण गरी दुई तिहाईको सरकार बनाएपछि रन्थनिएको प्रतिपक्षी नेपाली कांग्रेसले सरकारलाई घेराबन्दीमा पार्ने योजना बनाएको देखियो ।

निर्वाचनबाट प्रतिनिधिहरूको संख्या कम पाएर सदनमा कमजोर देखिएको प्रतिपक्षीले सडक तताउने रणनीतिहरू तयार पार्न थालेको छ ।
चिकित्सा क्षेत्रको उचित व्यवस्थापन गर्ने र जनतालाई राम्रो स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने मनसाय राखी विगत देखि अनसनमा बस्दै आएका डा. गोविन्द केसीले फेरि अनसन बसि दिए ।

चिकित्सा क्षेत्रको सुधारका लागि पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले सदनमा प्रस्तुत गरेको विधेयक जस्ताको तस्तै पारित गर्नुपर्ने अडान लिएर केसी अनसन बसि दिएका हुन् । सरकारले जस्ताको तस्तै विधेयक पारित नहुने अडान लिएपछि जुम्लामा पुगेर अनसन शुरू गरेका डा. केसीको स्वास्थ्य स्थिति बिग्रिन थाल्यो ।
गुटउपगुटमा विभाजित प्रतिपक्षीले डा. केसीको आडमा आफ्नो राजनीतिक स्वार्थ सफल पार्ने योजना बनायो । आफ्ना समर्थकहरूलाई डा. केसीलाई जुम्लाबाट काठमाडौं ल्याउने सरकारी योजना तुहाउने निर्देश गरेको जस्तो देखियो । सरकारले डा. केसीसँग छलफल गर्न पुगेको वार्ता टोलीलाई अनसनस्थलसम्म पुग्नै नदिएको देखियो । डा. केसीको स्वास्थ्य बिग्रिदै गयो र अन्त्यमा सरकारले बलपूर्वक डा. केसीलाई काठमाडौं ल्याउने निर्णय ग-यो । प्रतिपक्षीले आफ्नो शक्ति परिचालन गरेर सरकारले पठाएको व्यक्तिलाई बाधा हाल्दा भएको लाठी चार्जमा मानिसहरू घाइते भए । तर डा. केसी जुम्लाबाट काठमाडौ ल्याइए ।
लाठीबाट समर्थक कुटिएपछि बिथोलिएका डा. केसीले भने “ म काठमाडौ जान तयार छु । मेरा समर्थक कुटिएको म हेर्न सक्दिन् ।”

डा. केसीप्रतिको समर्थन बढदै गइरहेको अवसरमा प्रतिपक्षी कांग्रेसले सदन र सडक दुबै तताउने योजना बनायो ।
डा.केसीको माग पूरा गर्न सरकारमाथिको दबाब बढदै गएपनि वार्ता अघि बढिरहेको थिएन् । प्रतिपक्षीले सरकार विरूद्ध थप आन्दोलनका कार्यक्रम बनाउन देखेपछि यसलाई सरकारले सुनियोजित आक्रमणको संकेतको रूपमा सत्ता पक्षीय नेताहरू लिए ।
अनि पत्रकारहरूको संयुक्त भेला बोलाएर पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलले भने “ प्रतिपक्षी नेपाली कांग्रेस सुनियोजित आक्रमण गर्न थालेको छ । यस्तोमा तपाई पत्रकार कमरेडहरू मौन बस्नु भयो भने यो ब्याटल हार्छौ ।”

प्रचण्डले भने “ युद्धकालमा बन्दुक प्रमुख हतियार थियो भने अहिले शान्ति कालमा कलम प्रमुख हतियार हुनपुगेको छ ।”
कांग्रेस निकट युवा विद्याथीहरूले माइतीघर मण्डलादेखि बानेश्वरसम्मको जुलुश लगाउन थालेका छन् ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि विदेशबाट फर्किदा विमानस्थलमा भने “ हामी थप आन्दोलनको घोषणा गर्ने छौं ।”

प्रतिपक्षीको हमलाबारे सत्तापक्ष जानकार भएपनि प्रधानमन्त्री केपी शर्मा ओली भने प्रतिपक्षीको हारबारे ढुक्क छन् । उनले पत्रकारहरूको सम्बोधनमा भने “ प्रतिपक्षी नेपाली कांग्रेस यसरी यति चाँडो निर्वस्त्र भएर आउँछ भने सोचेको थिइन् ।”
लोकतान्त्रिक शक्ति आफूलाई भन्ने नेपाली कांग्रेसले विधि र प्रणालीलाई यति छिट्टै बिर्सेला जस्तो नलागेको ओलीले जनाए ।

सरकारबाट हटाउन पाइदैन भन्ने होइन पाइन्छ तर लोकतन्त्रमा विधि र प्रणालीबाट हो । आफैले बनाएको संविधानको पालना गर्न कांग्रेस पछाडि हटेको बताउँदै उनले भने “सरकारलाई हटाउनु छ भने चुनावबाट हो ।”
८ वर्ष लगाएर बनाएको संविधान सभाबाट बनेको लोकतान्त्रिक गणतान्त्रिक संविधानको अनुसार भएको निर्वाचनबाट बनेको सरकार हो । तर नेपाली कांग्रेसले यसलाई बिर्सेको छ ।
कांग्रेससँग कुनै राजनीतिक एजेन्डा नभएपछि डा.केसीलाई बोकेर हिँडिरहेको सरकार पक्षीय नेताको आरोप छ ।
सरकार पक्षीय नेताहरूको भनाइमा सत्यता भने देखिन्छ । गुटउपगुटमा विभाजित कांग्रेससँग राजनीतिक माग देखा परेको छ्रैन् । डा. केसीलाई वार्ता र संवादबाट अनसन तोडाउन सरकार सफल भएमा कांग्रेसको एजेन्डा के हुने बारे कांग्रेसीहरू आफै अलमलमा छन् ।
एक जना अनसन बस्दैमा यो वा त्यो सरकारले गरिदिनुपर्छ भन्ने हो भने चुनाव किन गर्नुपर्ने भयो । सरकार किन बनाउनुपर्ने भो । अनसनकारीको समूह बनाए भइ गो भन्ने भनाइ सरकार पक्षीय नेताको रहेको छ ।
पत्रकारहरूको भेलालाई सम्बोधन गरिरहँदा यो प्रस्ट भयो सरकारले प्रतिपक्षीको हमलाका लागि कवाज प्रदर्शन गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया