कानुन मन्त्रीको दौडमा दर्जनबढी आंकाक्षी

काठमाडौं । कानुन मन्त्रीले पदबाट राजीनामा दिएपछि त्यो पदको दौड शुरू भएको छ ।

कानुन मन्त्रीको सो दौडमा डेढ दर्जन आंकाक्षीहरू अगाडि छन् । दौडको अग्रपंक्तिमा सबैभन्दा बढी सम्भावना  भएको व्यक्ति भानुभक्त ढकाल मानिएका छन् । उनले सो पदका लागि दौडधूप तीव्र पारेका छन् । आज मात्रै ओली, विष्णु पौडेललगायतका शर्ष नेतालाई भेटिसकेका छन् । 

यसैगरी योगेश भट्टराई, पम्फा भुसाल, सुवास नेम्वाङ लगायतका नेताहरूको चर्चा  पनि सो पदका लागि भइरहेको छ । उनीहरु सबैले पनि दौडधूप बढाएका छन् । पद फुस्किएका तामाङ माधव नेपाल पक्षका थिए । उनी निकटकै नेता सो पदमा ल्याउने सम्भावना पनि उत्तिकै छ ।

प्रम कार्यालय स्रोतका अनुसार दौडमा १७ जना रहेको र कसलाई नियुक्ति गर्ने भन्नेबारेमा अन्योल रहेको छ । यो पद  जसले सक्यो उसैले पाउने अवस्था रहेको प्रधानमन्त्री स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?