काठमाडौं । आमरण अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारबीच मंगलबारबाट वार्ता शुरु भएको छ । मंलबारबाट शुरु भएको वार्ताले आज पनि निरन्तरता पाउने भएको छ ।
बुधबार बिहान ९ बजेदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरु भएको वार्तामा मंगलबारको वार्तामा मिल्न बाँकी रहेका विषयमा टुंगोमा पुग्ने तयारी छ ।
डा. केसीको अनशनको २५ औं दिनमा पहिलोपटक सरकार र केसी पक्षबीच मंगलबारसाँझ ६ बजेदेखि शिक्षा मन्त्रालयमा शुरु भएको वार्ता झण्डै चार घण्टासम्म चलेको थियो ।
वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि सचिव खगराज बराल र डा. केसीतर्फका वार्ता टोली संयोजक डा. अभिषेकराज सिंहले संयुक्त विज्ञप्ति जारी गर्दै ‘धेरै मागमा दुवै पक्षबीच समझदारी हुने क्रममा रहेको’ उल्लेख गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया