युक्रेनसँगको वार्ता अगाडि बढाउन रुसी विदेश मन्त्री सहमत

लोकपथ
196
Shares

रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले युक्रेनसँगको वार्ता फेरि अगाडि बढाउन सहमति जनाएका छन् ।

रुसको भ्रमणमा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँगको भेटवार्तापछि उनले वार्ताका लागि रुस तयार रहेको जानकारी दिएका हुन् ।

भेटवार्तापछि दुवै जनाले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले युक्रेनसँगको वार्तालाई फेरि अगाडि बढाउने बारेमा सहमति भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?