कानूनमन्त्री शेर बहादुर तामाङले रुँदै दिए राजीनामा

कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामा दिएकाे घोषणा गरेका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा आज अपराह्न पत्रकार सम्मेलन गरी उनले बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने नेपाली विद्यार्थीका सम्बन्धमा आफूले दिएको अभिव्यक्ति विवादित भएकाले नैतिकताका आधारमा  राजीनामा दिएकाे घोषणा गरेका हुन् ।

आफ्नो चारमहीने कार्यकालको उपलब्धिबारे अवगत गराउँदै उनले आफू जहाँ रहे पनि सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानमा सहयोगी रहने बताए ।

पत्रकार सम्मेलनमा आँशु झार्दै उनले छोरीहरुको पक्षमा वकालत गर्दै बंगलादेशमा पढेका महिला डाक्‍टरका बारेमा बोलेका कुराको पश्चाताप गरे ।

बंगलादेशमा डाक्टर पढ्न गएका छात्राले शरीर बेचेर सर्टिफिकेट ल्याउँछन् भन्ने आशयको अभिव्यक्ति दिएर उनी विवादीत बनेका थिए । उनकाे अभिव्यक्तिपछि चर्काे विराेध भएकाे थियाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?