काठमाडौं– नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलले बेकारमा मार्सी चामलको विज्ञापन गर्दै हिँडेको टिप्पणी गरेका छन् ।
उनले विपक्षीले अनावश्यक कुरामा सरकारको आलोचना गरेको आरोप लगाउँदै मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईँले खुवाएको मार्सी चामललाई जोडेर अनावश्यक प्रचार गरेको बताए ।
‘बासमति चामल खाएर कराउनेहरूले भने जस्तो मार्सी चामल होइन ।
मार्सी चामल त्यति मीठो पनि हुँदैन’, उनले भने, ‘बेकारमा विपक्षीले मार्सी चामलको विज्ञापन गरेर हिँडेका छन् ।’
उनले डाक्टर गोविन्द केसीको मागका सम्बन्धमा सरकार गम्भीर भएपनि असम्बन्धित मान्छेहरु तगारो बनेको बताए ।
पार्टी कार्यालयमा पार्टी निकटका पत्रकारहरुसँगको आन्तरिक प्रशिक्षणमा ओलीले यस्तो बताएका हुन्
।
ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कडा आलोचना गरेका छन् ।
कांग्रेसले सरकारको हरेक काममा अवरोध गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै ओलीले आफूहरुलाई काम गर्ने हतारो भएको तर कांग्रेसलाई भने विरोध गर्नै हतारो भएको बताए ।
ओलीले भने, ‘हामी काम गर्न लागेका छौं । तर विपक्षीलाई विरोध गर्ने हतारो छ । हामीलाई अलमल्याउन खोज्छन् ।
‘गोल गर्न जाँदा छिर्के लगाउँछन्, जर्सी तानेर लडाउन खोज्छन् ।’
उनले राष्ट्रिय आत्मनिर्भरताका लागि सरकारले काम गरिरहेको र अबको ३ वर्षभित्रै देशलाई विकसित मुलुकको रुपमा उभ्याउने लक्ष्य रहेको भन्दै कांग्रेसलाई शान्त रहन आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया