आइसरद्वारा ग्राहक भेला सम्पन्न

लोकपथ
63
Shares

काठमाडौं । नेपालका लागी Eicher Truck and Bus को आधिकारिक बिक्रेता Eastern Agencies Pvt Ltd द्वारा वैशाख १२ गते ग्राहक भेला सम्पन्न गरेको छ । सो ग्राहक भेलामा नेपालमा कन्ट्रक्सन व्यावसायमा प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिती रहेको थियो ।

Eicher को Pro 6025 तथा Terra 16 XP ट्रिपर प्रदर्शनी साथै ग्राहकहरूमा सो प्रयोग गर्दा हुने फाइदाहरु बारे विस्तृत रुपमा जानकारी गराइएको छ । सो भेलामा बतास अर्गनाईजेसनका अध्यक्ष आनन्द राज बतास, कार्यकारी निर्देशक शान्त राज बतास तथा VECV का Vice President S S Gill द्वारा विस्तृत रुपमा जानकारी गराइएको थियो ।

सो कार्यक्रमको स्वागत मन्तव्य इष्टर्न एजेन्सीज प्रा.लिका कार्यकारी अधिकृत सुनिल थापाले गरेका थिए। नेपालको निर्माण व्यावसायलाई थप अब्बल बनाउन सहकार्य हुने आइसरका नयाँ उत्पादन टिप्पर : Pro 6025T तथा Terra 16 Xp प्रदर्शनमा राखिएको थियो। सो मोडलहरु volvo eicher को प्रविधि अनुरुप उत्पादन गरिएको हुँदा यसको अधिकत्तम पावर र तान्ने क्षमता अतुलनिय रहेको जानकारी गराएको छ। आइसरका उत्पादनहरु नेपाली बजारमा लोकप्रिय हुँदै हाल दोस्रो स्थानमा रहेको र आउदो दिनहरुमा अटो मोबाइल उद्योगलाई नेतृत्व राख्ने लक्ष्यका साथ अगाडी बढी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?