एसपी यादव / सर्लाही । नेपाली कांग्रेस सर्लाहीमा कांग्रेसभित्र ठूलो विवाद रहेको छर्लङ्ग भएको छ । आईतबार ३६ औँ विपि स्मृति दिवस मनाउने क्रममा दुई गुटले सर्लाहीको सदरमुकाम मलंगवमा छुटाछुट्टै कार्यक्रमको आयोजना गरि विपि स्मृति दिवस मनाएका थिए ।
संघिय सांसद एवम् जिल्ला सभापति नागेन्द्र यादव पक्षधर र पूर्व जिल्ला सभापति लक्ष्मण यादव पक्षधर नेता तथा कार्यकर्ताहरुले छुटाछुट्टै कार्यक्रमको आयोजना गरी दिवस मनाएका थिए ।
नागेन्द्र पक्षधरले रेडक्रस भवन मलंगवमा अन्तरक्रिया तथा रक्तदान कार्यक्रमको आयोजना गरी विपि स्मृति दिवस मनाएका थिए । भने लक्ष्मण पक्षधरले बालमन्दिरमा अन्तरक्रिया कार्यक्रम गरि विपि स्मृति दिवस मनाएका थिए । दुवै ठाउँमा आ–आफ्नो पक्षधरका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । भने कतिपय नेताहरुले दुवै ठाउँमा सहभागी समेत भएका थिए ।
यस विषयमा दुवै पक्षसँग कुरा गर्दा सर्लाही क्षेत्र नम्बर २ को क्षेत्रिय सभापतिको विषयमा ठूलो बिवाद रहेको कुरा स्पष्ट भएको छ ।
नागेन्द्र पक्षधरले सर्लाही क्षेत्र नम्बर २ का क्षेत्रिय सभापतिमा बब्लु यादवलाई मान्दै उनको अध्यक्षतामा कार्यक्रम गरेको थियो । भने लक्ष्मण पक्षधरले दिनेश मिश्रलाई क्षेत्र नम्बर २ को क्षेत्रिय सभापति मान्दै उनको अध्यक्षतामा कार्यक्रम गरेका थिए ।
संघिय सांसद एवम् जिल्ला सभापति नागेन्द्र कुमार यादवले भने( क्षेत्रिय सभापति लगायत केही व्यक्तिलाई पार्टीबाट कारबाही गरिएको छ । र उक्त व्यक्तिहरुलाई पुर्व जिल्ला सभापति लक्ष्मण यादवले लिएर हिडेपछि विवाद भएको बताए । भने पूर्व जिल्ला सभापति लक्ष्मण रायले भने, संघिय सांसद एवम् जिल्ला सभापति नागेन्द्र कुमार यादवले आफ्नो विपक्षका नेता तथा कार्यकर्ताहरुलाई जवरजस्ती पेलेरे हिनेको आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया