काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस गरिएका दीपकराज जोशीको सुनुवाई आगामी साउन १० गते हुने भएको छ ।
सोमबार संहदरबारमा बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरिएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीको सुनुवाई साउन १० गते बिहीबार गर्ने निर्णय गरेको हो ।
जोशीविरुद्ध ५ वटा उजुरी परेका छन् ।
बैठकले जोशीमाथि परेकोउजुरीमाथि सोमबारदेखि नै छानबिन पनि सुरु गरेको छ । सो उजुरीमाथि स्पष्टिकरण लिन समितिले मंगलबार अपरान्ह उजुरीकर्ताहरुसँग छलफल गर्ने निर्णय पनि गरेको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।
समितिले प्रधानन्यायाधीशमा सिफारिस गरिएका जोशीको उजुरीमाथि छानविनको काम सुरु गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया