डा. केसीले उठाएका माग गलत : मुख्यमन्त्री पोखरेल

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अनशनरत डा. गोविन्द केसीले उठाएका मागको आलोचना गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसका अवसरमा सोमबार बुटवलमा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले डा. केसीको अनशन गलत उद्देश्यले प्रेरित भएको बताएका हुन् । 

त्यस्तै डा. केसीका मुद्दालाई साथ दिन नभई कम्युनिष्ट सरकारलाई असफल बनाउन कांग्रेसले आन्दोलन गरेको समेत बताए ।

पोखरेलले भने, डा. केसीको माग मनमोहन कलेजविरुद्ध भएको र काठमाडौंमा थप मेडिकल कलेज खोल्नु हुँदैन भन्ने उद्देश्य गलत भएको बताए । डा. केसीमो माग गलत भएपनि जनमानसमा पवित्र छन् भन्ने भ्रम रहेको उनले बताए । 

नेकपाका नेतासमेत रहेका पोखरेलले नेपकपा पुष्पलालले देखाएको बाटोमा अघि बढिरहेको धारणा समेत राखेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?