चर्को मुल्यवृद्धि र सरकारको दमनको विरोधमा चक्काजाम

काठमाडौँ । नेपाल विद्यार्थी संघ ग्रामिण र एन आर कलेज इकाई शान्तिपूर्ण आन्दोलनमा सरकारी दमन साथै हरेक क्षेत्रमा भएको मुल्यवृद्धिको विरोधमा आन्दोलित भएको छ ।

सोमबार राजधानीको नेपालटार चोकमा भेला भएका विद्यार्थीहरुले सरकारको विरोधमा नाराबाजी गर्दै एक घण्टा यातायात समेत अवरुद्ध गरेका हुन् ।

एन आर कलजको तर्फबाट विद्यार्थी नेता पवन थापा र ग्रामिण कलेजको तर्फबाट विद्यार्थी नेता सन्तोष गुरुङको नेतृत्वमा निस्किएको संयुक्त जुलुसले अनसनरत डाक्टर गोविन्द केसीको मागप्रति सरकार संवेदलसिल नभएको , मुल्यवृद्धि आकासिएको तथा शान्तिपूर्ण आन्दोलनमा सरकारी दमनको विरोधमा नाराबाजी गरेको थियो ।

विरोध सभामा संवोधन गर्दै विद्यार्थी नेता पवन थापाले सरकारको संवेदनहिनताको कारण डा. केसीलाई केही तलमाथी भएमा सरकार विरुद्ध अझै ससक्त आन्दोलन थाल्ने चेतावनी दिए । उनले भने, “गरिब जनता र विद्यार्थीको दैनिकीमा प्रत्यक्ष असर पर्नेगरी भएको मृल्यवृद्धि समायोजन नभएसम्म आन्दोलन रोकिदैन ।

”विरोध कार्यक्रममा ग्रामिण र एन आर कलेजका नेविसंघका विद्यार्थी नेताहरु विशाल देवकोटा, संगम अर्याल, किरण भट्टराई , सौरभ घिमिरे , सन्तोष दाहाल , नरेस सेडाई , जीवन राना, लक्ष्मी सिलवाल, विश्व सुनार लगायत सयौको संख्यामा विद्यार्थीको उपस्थिती रहेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?