गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगे डा लोहनी

काठमाडौँ– एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले अनशनरत डा गोविन्द केसीले उठाएको मागका बारेमा अविलम्ब वार्ता प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।
केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका  डा लोहनीले चिकित्सा क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सरकार, विज्ञलगायत सबै पक्षको समन्वयमा छलफल गरी निकास दिन सरकार र डा केसी पक्षलाई आग्रह गरे ।

माग पूरा गर्ने नाममा सडकमा तोडफोड र अराजकता प्रदर्शन गर्नु दुःखदायी हुने बताउँदै अध्यक्ष लोहनीले विधि र प्रक्रियाबाट समस्याको समाधान खोज्न दुई पक्ष लचिलो हुनुपर्नेमा जोड दिए ।
यसैबीच पार्टीले विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष भरतकेशर सिंहको आज भएको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको नेता सुन्दर पाण्डेले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?