तदर्थवादमा काँग्रेस चल्न सक्दैनः शेखर कोइराला

नेपालगन्ज । जननायक स्व. विपी कोइरालाको ३६औँ स्मृति दिवसका अवसरमा ‘विपी, राष्ट्रिय राजनीति र नेपाली काँग्रेस विषयमा आज यहाँ छलफल गरियो । 

कार्यक्रममा सो दलका नेता डा शेखर कोइरालाले विपी कोइरालाले देखाएको समाजवादी बाटो काँग्रेसले नबिराएको बताए । उनले नेपाली काँग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ र लोकतन्त्र कमजोर भयो भने देश नै कमजोर हुने तर्क राखे ।

नेता कोइरालाले पार्टीका भातृसंस्थाको अधिवेशन नभएको दुई÷तीन वर्ष भइसक्यो, अब तदर्थवादमा काँग्रेस चल्न सक्दैन, विधिको शासन र विधानलाई टेकेर गएमा मात्र काँग्रेस अघि बढ्न सक्छ भने । 

त्यस अवसरमा काँग्रेसका युवा नेता प्रदीप पौडेल, बर्दिया काँग्रेसका सभापति संजय गौतमलगायतले विपीको योगदानको चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?