बानेश्वरमा डा. केसी समर्थक र प्रहरीबीच भिडन्त (फोटो फिचर)

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा डा. गोविन्द केसी समर्थक र प्रहरीबीच झडप भएको छ । 

शनिबार दिउँसो सरकारविरुद्ध सडकमा उत्रिएको नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपमा दुई डीएसपीसहित ११ प्रहरी र तरुण दलका अध्यक्ष जीतजंग बस्नेतसहित तीन दर्जनभन्दा बढी कार्यकर्ता घाइते भएका छन् । 

माइतीघरबाट शुरु भएको प्रदर्शन बिजुलीबजार पुलमा आएपछि मुल सकडमा प्रवेश गरेको थियो । 

वानेश्वरको एकातिर डा. केसीका समर्थकहरुको कोण सभा चलिरहेको थियो भने अर्कोतिर तरुण दलले निषेधाज्ञा तोड्न खोज्यो ।

कांग्रेसले निषेधाज्ञा तोड्न खोजेको भन्दै प्रहरीले अश्रुग्यास प्रहार गर्दा डा. केसीका समर्थकहरुको कोणसभा समेत प्रभावित भएको थियो । 

प्रहरीले अश्रुग्यासका साथै लाठ्ठी प्रहार गरेको थियो भने प्रर्दशनकारीले ढुंङगा प्रहार गरेका थिए । यसले नयाँवानेश्वर क्षेत्र तनावग्रस्त बन्यो ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?