काठमाडौं । नेपाल प्रेस युनियन बैतडी ले आयोजना गरेको पत्रकार भेटघाट मा बोल्दै नेपाली कांग्रेस नेता प्रकाश मान सिंहले वर्तमानमा सरकार बहुमत को नाममा अस्थिरता निम्ताउन र अनावश्यक विषयमा केन्द्रित भयको आरोप लगाएका छन् ।
सरकारले महंगि भ्रस्टाचार नियन्त्रण जनसरोकारका विषयमा लाग्नु पर्ने साटोमा राजनैतिक प्रतिसोध साध्न केन्दित हुनु ले उ जन जिवनका विषयमा गम्भिर नभएको प्रष्ट हुन्छ भन्दै आफुहरुले सरकारलाई सहि ट्रयाकमा ल्यान सदनदेखि सडक सम्म शसक्त प्रतिपक्षीको रुपमा प्रस्तुत हुने बताए । सरकारका क्रियाकलापले जनतामा चरम निरासा छाएको राजनीतिक अस्थिरतामा मुलुकमा लाने प्रयासमा लाग्नु दुखद कुरा भएको बताउँदै उसका केही गतिविधिले सर्बसत्ता बादि बाटोमा उन्मुख भएको प्रति चिन्ता व्यक्त गरेका छन् ।
सभामुख उपसभामुख फरक दलको हुनु पर्ने संविधानिक ब्यवस्था भय पनि बहुमतको आटमा संविधान नै उल्घनमा लाग्नुले मुलुकमा गम्भीर संबैधानिक जटिलता सृजना हुने खतरा रहेको समेत बताए । यो त एउटा मात्र उल्घंनको उदाहरण हो भन्दै देश बिकास र प्रगतिको बाटोमा लान प्रमुख दलहरु बिचको न्युनतम समझदारी निरमाण नहुनुमा आफुहरुको चिन्ता रहेको समेत बताए । अहिले सदन अवरोध पनि सरकारलाई स्वइच्छाचारि हुनबाट बचाउनु पनि हो भन्दै माथेमा प्रतिबेदन कायन्यन लेनै डाक्टर गोविन्द केसिको माग पूरा हुने भएकाले आफुहरु माथेमा प्रतिबेदनको पक्क्षमा रहेको समेत बताए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडु , हिरदयराम थानि समेत सहभागी भएका थिए । भने आजै नेपाली कांग्रेस बैतडीले आयोजना गर्ने अन्तरक्रियामा सभागी जनाइ भोलि दार्चुला कांग्रेसको कार्यक्रममा सभागी हुन कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया