डा. गोविन्द केसीको पक्षमा नेकपा मसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले डा. गोविन्द केसीको अनसनको क्रममा कुनै अप्रिय घटना भयो भने त्यसको जिम्मेवार सरकार हुनुपर्ने बताएको छ । 

शुक्रबार बसेको नेकपा मसालको केन्द्रीय समितिका सदस्यहरुको बैठकले अनसनका क्रममा कुनै अप्रियघटना भयो भने सरकारले त्यसको कडा मूल्य तिर्नु पर्ने साथै इतिहासले वर्तमान सरकारलाई क्षमा नदिने सो पार्टीले जनाएको छ । 

बैठकमा डा.केसीका मागहरु, उनको अनसन र त्यसबारे सरकारले अपनाएको नीतिबारे छलफल भएको बताइएको छ । 

बैठकपछि जारी विज्ञप्ती

१. डा. के.सी.का मागहरु माथेमा आयोगको प्रतिवेदन र राष्ट्रिय आवश्यकअनुसार छन् । त्यस कारणहाम्रो पार्टीले उनका मागहरु पूरा गर्नुपर्ने आवश्यकताम ाविशेष जोड दिन्छ ।
२. लामो अनसनका कारणले डा. के.सी.को जीवन संकटको अवस्थाम ापुगेको छ । त्यस कारण उनको प्राणको रक्षाका लागि सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । कुनै जोरजर्वजस्ती गरेर होइन, उनका न्यायपूर्ण मागहरुलाई स्वीकार गरेर नै उनको प्राण रक्षा गर्न सरकारले ध्यान दिनुपर्ने आवश्यकता छ । 

३. अहिले सरकारले संसदमा पेश गरेको चिकित्सा शिक्षा विधेयकले माथेमा आयोगका मूलभूत सिफारिसहरुलाई अस्वीकार गर्दछ । त्यसकारण त्यो विधेयकलाई फिर्ता गरेर माथेमा आयोगको सिफारिस अनुसार नयाँ विधेयक संसदमा पेश गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।

४. डा. के.सी.का मागहरुका पक्षमा देशमा उठिरहेको आवाज र त्यसका लागिभ इरहेको आन्दोलन सित ने.क.पा. (मसाल)ले ऐक्यवद्धता प्रकट गर्दछ ।

५. डा. के.सी.का मागहरु समेतका लागि ने.का.ले आन्दोलनको जुन घोषणा गरेको छ, त्यो उसका आफ्ना गलत प्रकारका राजनीतिक उद्देश्यहरुद्वारा निर्देशित छ । त्यसको त्यो आन्दोलनको उद्देश्य खालि सत्तासितको प्रतिस्पर्धा मात्रहो र, त्यसकारण, त्यो आन्दोलनलाई हामीले समर्थननगर्ने कुरा हामीले स्पष्ट गर्न चाहन्छौं । त्यसैले हाम्रो पार्टी त्यसले आयोजना गर्ने आन्दोलन सम्बन्धी कुनै कार्यक्रममा सहभागी नहुने कुरा पनि हामीले स्पष्ट गर्न चाहन्छौं । 

६. डा. के.सी.का मागहरुका पक्षमा र उनको जीवन रक्षाका लागि स्वास्थ्यकर्मी, नागरिक समाज, मानव अधिकारवादी आदिले गर्ने आन्दोलनहरुलाई हामीले दृढता पूर्वक समर्थन गर्दछौं र आवश्यकतानुसार उनीहरुद्वारा आयोजित कार्यक्रमहरुमा सहभागी हुने हाम्रो नीति हुनेछ ।

७. हाम्रो पार्टीको नजिकका मोर्चा, जनवर्गीय संगठनका समितिवा सदस्यहरुले आफ्नो स्वतन्त्र पहल कदमीमा पनि डा. के.सी.का मागहरुका पक्षमा विभिन्न कार्यक्रमहरु वा सरकारका गलत नीतिहरुका विरुद्ध विरोध कार्यक्रमहरु आयोजना गर्न सक्नेछन् । हाम्रा विभिन्न मोर्चा वा जनवर्गीय संगठनहरुद्वारा आयोजित आफ्ना कार्यक्रमहरुमा पनि हामीले डा. के.सी.का माग वा आन्दोल नकाप क्षमा बढी भन्दाब ढी विचारहरु लैजाने प्रयत्न गर्नु पर्दछ । देशका अन्य विभिन्न पक्षहरु सित पनि पारस्पारिक समझदारी वा सहमतिका आधारमा डा. के.सी.का मागहरुका पक्षमा संयुक्त कार्य क्रमहरुको आयोजना गर्ने हाम्रो नीति हुनेछ । 

८. सरकारले डा. के.सी.का मागहरुप्रति सकारात्मक दृष्टिकोण अपनाउने भन्दा तिनीहरुप्रति बढी नकारात्मक दृष्टिकोण अपनाएको पाइन्छ । सरकारको त्यस प्रकारको नीति र कार्य शैलीलाई हाम्रो पार्टीले कडा शब्दमा आलोचना वा विरोध गर्दछ । 

९. डा. के.सी.को अनसनको क्रममा कुनै अप्रियघटना घट्यो भने त्यसको जिम्मेवार सरकार नै हुनेछ र त्यसका लागि सरकारले कडा मूल्य तिर्नु पर्नेछ । त्यस प्रकारको कुनै अप्रियघटना घट्यो भने इतिहासले वर्तमान सरकारलाई क्षमादिने छैन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?