डा. केसीले अनसन जारी राख्ने

काठमाडौं । काठमाडौंको शिक्षण अस्पतालमा उपचारका लागि राखिएका डा. गोविन्द केसीले आफ्नो असनस जारी राख्ने बताएका छन् । 

डा. केसीले आफ्नो मागहरु पूरा नभएसम्म अनसन नटोड्ने बताएका हुन् ।

सरकारी वार्ता टोली पूर्ण अधिकार नभएको भन्दै डा. केसी र उनका समर्थकले कर्मचारी स्तरको वार्ता टोलीसँग कुराकानी नगर्ने बताउँदै आएका छन् । 

उता शिक्षा सचिवको नेतृत्वमा रहेको वार्ता टोलीले डा. केसीको टोलीसँग सम्वाद अघि बढाउन सकेको छैन । भने डा. केसीको समर्थकहरु पनि आन्तरिक छलफलमा जुटेका छन् । 

चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक आउनुपर्ने लगायतका माग राख्दै डा. केसी असार १६ गतेदेखि अनसनमा छन् । 

उनको स्वास्थ्य गम्भीर भएपछि सरकारले बिहीबार साँझ बल प्रयोग गरेर नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?