बोल्न नसक्ने अवस्था डा. केसी, इसाराले भने ‘शिक्षण अस्पतालमा उपचार गर्दिन’

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।  

जुम्लामा २० दिनदेखि अनसनरत डा. केसीलाई बिहीबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । उनलाई काठमाडौं ल्याएलगत्तै शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो । तर, डा. केसीले उपचार गर्न मानेका छैनन् । 

वरिष्ठ चिकित्सक केदार नरसिंह केसीका अनुसार डा. केसीले शिक्षा अस्पतालमा उपचार नगर्ने बताएका छन् । 

‘डा. केसीको बोल्न नसक्ने अवस्थामा हुनुहुन्छ ।’ उनले भने ‘उहाँले हातको इसाराबाट कुरा गर्नुहुन्छ ।’ 

डा. केसीको यो १५ औँ अनसन हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?