काठमाडौं । देशभक्त गणतान्त्रिक मोर्चा, नेपालले डा.गोविन्द केसी र उनका समर्थकमाथि सरकारी दमन भएको भन्दै यसको भत्र्सना गरेको छ ।
मोर्चाका अध्यक्ष सीपी गजुरेलद्वारा हस्ताक्षर विज्ञप्तीमा सरकार सामाजिक फाँसिवादतर्फ उन्मुख भएको बताएका छन् ।
नेपालमा शिक्षा र स्वास्थको सुधार सम्बन्धि मागलाई लिएर गत २० दिन देखि अनसनमा बसेका प्रा. डा. गोविन्द केसी लाई उपचारका लागि बलपूर्वक काठमाडौं ल्याउने क्रममा के. पी. ओली नेतृत्वको (नेकपा)को सरकारले जुम्लाको कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा यहि ०७५ साउन ३ गते अत्यधिक मात्रामा बल प्रयोग गर्दै अन्धाधुन्ध लाठी चार्ज, अश्रुग्यास प्रयोग गर्दा अस्पताल रगताम्य भएको छ र २० जना डाक्टर, विद्यार्थी र विरामीहरु समेत सख्त घाइते भएका छन्, जारी विज्ञप्तिमा उल्लेख छ ।
सरकारले गरेको राष्ट्रघाती र जनघाती कामको सर्बत्र विरोध भइरहेको बेला, संसदमा भएको कथित दुई तिहाई बहुमतको दम्भ प्रदर्शन गर्दै जथाभावी गर्दै आएको यो सरकारले जुम्लामा अस्पताल हाता भित्र जुन बर्बर दमन गरेको छ, हामी त्यसको घोर भत्र्सना गर्दछौं विज्ञप्तिमा भनिएको छ ।
जन विरोधलाई दबाएर सत्तामा टिकिरहनकालागि यो सरकारले लागु गर्दै आएको सामाजिक फासिवादी कदमका विरुद्ध संघर्षमा उत्रनकालागि तयार रहन पनि हामी आदरणीय जन समुदाय सँग अनुरोध गर्दछौं । जनताको शक्तिका अगाडि यो कथित दुई तिहाई बहुमत टिक्न नसक्ने कुराको पनि हामी स्मरण गराउन चाहन्छा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया