डा. केसी र उनका समर्थकमाथि भएको धरपकड निन्दनीय : मोहनविक्रम सिंह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले अनसनरत डा. गोविन्द केसी र उनका समर्थकमाथि बिहीबार जुम्लामा भएको धरपकडको निन्दा गरेको छ । 

चिकित्सा शिक्षासम्बन्धि माग राखेर करिब २० दिनदेखि कर्णालीको जुम्लामा अनसनरत डा. केसी र उनका समर्थहरुमाथि सरकारले गरेको धरपकडको निन्दा गरेका हुन् । साथै बलप्रयोगबाट नभई वार्ता र संवादमार्फत समस्याको स्थायी समाधान खोज्न समेत सरकारसँग नेकपा (मसाल)ले माग गरेको छ ।

शुक्रबार मसालका महासचित मोहनविक्रम सिंहले विज्ञप्ति जारी गर्दै भने, ‘डा. केसीको जीवनरक्षा गर्नु अहिलेको अत्यन्त महत्वपूर्ण कार्य हो, तर, उनको जीवनरक्षा त्यस प्रकारको जरवस्ती कारबाही गरेर होइन, न्यायपूर्ण मागहरुलाई स्वीकाररेर गर्नुपर्दथ्यो र पर्दछ पनि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?