गोविन्द केसी प्रकरणमा सरकारको आयो यस्तो धारणा

काठमाडौं । सरकारले जुम्लामा विगत २० दिनदेखि अनसरत डा. गोविन्द केसीको उपचारलाई पहिलो प्राथमिकता दिएको स्पष्ट पारेको छ । उनलाई आजै काठमाडौं ल्याउन लागिएको पनि सरकारले जनाएको छ । 

शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले बिहीबार बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सरकारको पहिलो प्राथमिकतामा डा.केसीको जीवन रक्षा गर्नु रहेकाले उनलाई काठमाडौंमै ल्याएर उपचार गर्ने सरकारको प्रयास भएको बताए । 

डा. केसीलाई लिन शिक्षा मन्त्रालयका सहसचिव गुणराज लोहनी नेतृत्वको टोलीमा कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्री समेत जुम्ला गएको मन्त्री पोखरेलले जानकारी दिए । 

त्यस्तै उनले डा. केसीले भनेजस्तो विधेयक फिर्ता नहुने र उनका मागहरु हुबहू पूरा गर्न पनि नसकिने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?