पल शाहविरुद्धको मुद्दामा नाबालिग गायिकाले फेरिन् बयान

लोकपथ
1.5k
Shares

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिग गायिकाले बयान फेरेकी छिन् ।

उनले जिल्ला अदालत तनहुँमा आज बकपत्र दिने क्रममा जाहेरीमा उल्लिखित विवरणहरू सत्य नभएको बताएकी हुन् ।

आज मुद्दा प्रक्रियाको क्रममा अदालतले नाबालिग र नाबालिग पक्षसँग बकपत्र गराउँदा उनले पलले आफूलाई बलात्कार नगरेको, उक्साहटमा जाहेरी दिएको र प्रहरीले आफ्नो बयान भनेर अदालतमा बुझाएको बयान आफ्नो नभएको दाबी गरेकी छिन्।

उनले जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपुरमा समेत बयान दिँदा पलले आफूलाई बलात्कार गरेको बयान दिएकी थिइन्। नाबालिगको बकपत्रको समयमा अदालतमा उपस्थित स्रोतका अनुसार उनी शतप्रतिशत होस्टाइल भएको देखिएको छ।

यसबीचमा पलको परिवारले गायिकाको परिवारलाई प्रभावमा लिएर बयान फेर्न प्रेरित गरेको आशंका गरिएकाे छ ।

बयान फेरेको अवस्थामा अदालतले ६ वर्ष कैद गर्ने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?