भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी

लोकपथ
21
Shares

काठमाडौं । भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शन गरिएको छ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आइतबारबाट भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी ‘निसाना’ सुरु गरिएको छ ।

तीन दिन चल्ने उक्त प्रदर्शनीको उद्घाटन सभामुख अग्निप्रसाद सापकोटाले गरेका हुन् । उनले भ्रष्टाचार नियन्त्रणमा आफूले सहयोग गर्ने बताए ।

कार्टुनिष्ट क्लब अफ नेपालले आयोजना गरेको प्रदर्शनीमा विभिन्न ३६ जना कार्टुनिष्टका ५० वटा कार्टुन प्रदर्शन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?