काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय सम्मेलन आयोजक समितिले जुम्लामा अनसनरत डा. गोविन्द केसीको समर्थन गरेका छन् ।
आयोजक समितिको संयोजक ऋषि राम कट्टेलको अध्यक्षमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
डा. केसीको माग जनताको यो अधिकार स्थापित गर्ने कुराबाट निर्देशित छ । तर, सरकार अनेक बहानावाजी गर्दे कमिसन असुल्न शिक्षा र स्वास्थ्य क्षेत्रलाई माफियाहरुलाई जिम्मा लगाउने काम गरिरहेको छ । नेपाल कम्युनिष्ट पार्टी सरकारको जनविरोधी कामको विरोध गर्दछ र डा.केसीको माग र आन्दोलनको समर्थन गर्दछ, संयोजक ऋषि कट्टेलको हस्ताक्षर रहित विज्ञप्तिामा उल्लखे छ ।
प्रेस विज्ञप्ति
नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठक संयोजक क. ऋषि राम कट्टेलको अध्यक्षतामा बस्यो । बैठकले गरेका निर्णयहरु सार्वजनिक जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गएिको छ ।
१ सरकारसँग पहिले सम्झौता गरिसकिएका मागहरु पुरा गराउन आमरण अनसनमा छन् । डा. केसीले उठाएका मागहरु मूलतः सही छन् । स्वास्थ्य र शिक्षा प्राप्त गर्ने जनताको मौलिक अधिकार हो । डा. केसीको माग जनताको यो अधिकार स्थापित गर्ने कुराबाट निर्देशित छ । तर, सरकार अनेक बहानावाजी गर्दे कमिसन असुल्न शिक्षा र स्वास्थ्य क्षेत्रलाई माफियाहरुलाई जिम्मा लगाउने काम गरिरहेको छ । नेपाल कम्युनिष्ट पार्टी सरकारको जनविरोधी कामको विरोध गर्दछ र डा.केसीको माग र आन्दोलनको समर्थन गर्दछ ।
२ हालै देशका विभिन्न ठाउहरुमा बाढीपहिरोले धनजनको ठुलो क्षति पु-याएको छ । बाढीका कारण मृत्यु भएकाहरु प्रति समवेदना व्यक्त गर्दछ, घाइतेहरुको शीघ्र स्वास्थ लाभको कामना गर्दछ र सरकारलाई उद्दार र पुनस्थापनामा सार्थक पहल गर्न माग गर्दछ ।
३ ओली सरकार गठन देखिनै कथित दुई तिहाई को नाममा फाँसिवादी वाटोतर्फ अग्रसर छ । विप्लवले नेतृत्व गरेको कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु लाई गैह्र कानुनी रुपमा गिरफ्तार गरिरहेछ । माइतिघर मण्डेला लगायतका स्थानहरु मा विरोध प्रदर्शन गर्ने अधिकार माथि प्रतिवन्ध लगाएको छ । पेशा व्यवसायका मानिसहरुलाई धम्किको भरमा नियन्त्रण गर्ने दुस्प्रयास गरिरहेकोछ । सारतः ओली सरकार आमजनतालाई दमन गर्दै आफ्नो लुटतन्त्र निर्वाध काय राख्न चाहन्छ । नेपाल कम्युनिष्ट पार्टी ओली सरकारको यस्तो जनविरोधी कुकृत्यको दृढतापूर्वक विरोध गर्दछ र प्रतिरोधको लागि जनसमुदाय संग अपील गर्दछ ।
४ महङ्गी र मुल्यवृद्धिले जनताको दैनिकी अत्यन्त कष्टकर वनेको छ । तर ओली सरकार कानमा तेल हालेर बसेको छ । तत्काल महङ्गी र मुल्यवृद्धि रोक्न जोडदार माग गर्दछ ।
५ २०७५ श्रावण ७ गते क. पुष्पलालको ४० औ स्मृति दिवस बिभिन्न कार्यक्रमहरु गरि मनाउन पार्टीका सबै तहका समितिहरुलाई निर्दे्शित गरिएको छ ।
ऋषिराम कट्टेल
संयोजक, राष्ट्रिय सम्मेलन आयोजक समिति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया